स्थानीय तह सञ्चालनमा कानुन नबन्दा जनप्रतिनिधिलाई काम गर्न समस्या

स्थानीय तह सञ्चालनमा कानुन नबन्दा जनप्रतिनिधिलाई काम गर्न समस्या

कपन अनलाइन 

काठमाडौँ, भाद्र १ ।

मानब अधिकार सञ्चार प्रतिष्ठानले आइतबारदेखि सुरु गरी  मङ्गलबार सम्पन्न  गरेको साक्षात्कार कार्यक्रममा सरोकारवालाहरूले अहिले संसद्मा विचाराधीन स्थानीय तहको शासन सञ्चालन सम्बन्धी विधेयक, प्राकृतिक स्रोत तथा वित्त आयोग सम्बन्धी विधेयक, कर्मचारी समायोजन विधेयक र अन्तर सरकारी वित्त व्यवस्थापन सम्बन्धी विधेयक पारित भई ऐन नबने सम्म स्थानीय तहमा जनप्रतिनिधिलाई काम गर्न समस्या भइरहने बताएका छन् ।

कार्यक्रममा बोल्दै सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयका प्रवक्ता रुद्रसिंह तामाङले चारवटा विधेयक ऐनमा रूपान्तरण नभएसम्म स्थानीय तहमा विविध किसिमका जटिलता आइरहने बताए ।  तत्काल काम नरोकिनका लागि सरकारले स्थानीय तह शासन सञ्चालन आदेश जारी गरेको बताउदै  उक्त आदेशले तत्काल आइपर्ने समस्याको समाधान गरेको दाबी गरे ।

प्रशासकीय अदालतका अध्यक्ष काशीराज दाहालले यी ऐनको अभावमा स्थानीय तहमा काम गर्न अवरोध भएकाले संसद्बाट छिटो पारित हुनुपर्ने बताए ।  स्थानीय तहमा अधिकार धेरै आए पनि व्यावहारिक रूपमा भने कार्यान्वयन हुन अझै करिब एक वर्ष लाग्नसक्ने पनि उनले बताए  ।

सूर्यविनायक नगरपालिका वडा नं. ३ का वडाध्यक्ष शिवशरण खत्री, चाँगुनारायण नगरपालिका वडा नं. ६ का वडाध्यक्ष शान्तबहादुर वाइबा लगायतका जनप्रतिनिधिहरुले स्थानीय तहमा कर्मचारी पर्याप्त नहुँदा काम गर्नमा समस्या भएको गुनासो गरेक थिए  ।

तपाइँको प्रतिक्रिया ।