कमलु सदको काजक्रियाका लागी नेपाल तरुण दलको नगद सहयोग

कमलु सदको काजक्रियाका लागी नेपाल तरुण दलको नगद सहयोग

कपन अनलाइन 

काठमाडौ,साउन ३२ /बद्री भट्टराई
नेपाल  तरुण दलले सुरुवात गरेको एक तरुण एक राहत अभियानको दोस्रो दिन सप्तरी जिल्ला बढिवारामा मुत्यू भएका बालक कमलु सदको काजक्रियाका लागी तरुण समाजसेवी मुकुन्द अधिकारीले तरुणदल अध्यक्ष जितजग बस्नेतलाई रु २५,००० सहयोग प्रदान गरेका छन ।

उक्त सहयोग बस्नेतले सप्तरी तरुणदल लाई हस्तान्तरण गरेका छन , राहत संकलन अन्तर्गत काठमाडौका शिक्षाकर्मी सरोज बस्नेतले रौतहटका बाढि पिडितका लागि रु २५५५५ रुपैया अध्यक्ष बस्नेतलाई प्रदान गरेका छन । बस्नेतले उक्त रकम रौतहट तरुणदलका अध्यक्ष नौसाद आलमलाई हस्तान्तरण गरेका थिए ।

तरुण दलले आव्हान गरेको राहत कार्यक्रमका लागी  काँग्रेस सासद एवम् तरुणदलका पूर्व अध्यक्ष उदय शम्शेर राणाले टेण्ट तथा पाल सहयोग गरेका छन भने काठमाडौं क्षेत्र नं ९ का अध्यक्ष अमीर खड्काले लत्ता कपडा , खाद्यन्न लगायतका समाग्रीहरु प्रदान गरेका छन । साताव्यापी राहत संकलनको अभियानमा रहेको तरुणदल केन्द्रले यस भन्दा अघि मोरङ्ग तथा सुनसरी जिल्लाका लागी  सहयोग प्रदान गरिसकेको छ ।

तपाइँको प्रतिक्रिया ।