चीनको भूकम्पमा १९ को मृत्यु, उद्वारकार्य जारी

चीनको भूकम्पमा १९ को मृत्यु, उद्वारकार्य जारी

कपन अनलाइन 

चेङ्डु (चीन), २६ साउन । दक्षिणपश्चिमी चीनको सिचुयान प्रान्तमा मङ्गलबार राति गएको भूकम्पमा परी कम्तीमा पनि १९ जनाको मृत्यु भएको समाचार छ ।

उद्वारको कार्य जारी रहेको र बिहीबार सम्ममा १९ को मृत्यु भएको अधिकारीहरुले जनाएका छन् । त्यसैगरी सो भूकम्पमा परी ३४७ जना घाइते भएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । कतिपय घर र संरचना भत्किाएकाले भग्नावशेषमा मानिस खोज्ने क्रम जारी रहेको पनि अधिकारीहरुले जनाएका छन् ।

यसैबीच सिचुवान क्षेत्र पईटकीय इलाका भएकोले त्यहाँ रहेका ठूलो सङ्ख्याका पर्यटक अन्यत्रै लागेका छन् । त्यहाँबाट ५० हजार भन्दा बढी पर्यटक सो क्षेत्र छोडेर अन्त्रै लागेका समाचारमा जनाइएको छ ।

पर्यटकीय नगरका रुपमा प्रख्यात रहेको दक्षिणपश्चिमी चीनको सिचुयान प्रान्तको जिउजाइगुउ अति नै प्रभावित हुने गरी मङ्गलबार राती सात म्याग्नीच्युडको शक्तिशाली भूकम्प गएको थियो । उद्वारकर्मीहरुद्वारा दिइएको पछिल्लो जानकारी अनुसार घाइते मध्ये केहीको अवस्था गम्भीर रहेको समाचारमा उल्लेख छ ।

मङ्गलबार राति गएको शक्तिशाली भूकम्पपछि अर्को ठूलो शक्तिशाली धक्का महसुश गरिएको अधिकारीहरुले जानकारी दिएका छन् । सो क्षेत्रमा २४ घन्टामा दुई वटा शक्तिशाली भूकम्पको धक्का महसुश भएकोले स्थानीयमा त्रास फैलिएको थियो ।

पछिल्लो धक्का ६.३ म्याग्नीच्युडको अएको थियो । यस भूकम्पको केन्द्रविन्दु सीनजियाङ्ग प्रान्तको काजकिस्तानको सीमा इलाका नजिकै रहेको जनाइएको छि ।

तपाइँको प्रतिक्रिया ।