मणिचुड मेला सम्पन्न

मणिचुड मेला सम्पन्न
कपन अनलाइन
काठमाडौ,साउन २४
 
काठमाडौ जिल्ला शंखरापुर  नगरपालिका वडा ८ घुमारचोक शिबपुरी राष्ट्रिय निकुञ्ज भित्र रहेको मणिचुड कुण्डमा प्रत्येक बर्ष श्रावण शुक्ल पुर्णिामाको दिनमा ठूलो मेला लाग्ने गर्दछ । मणिचुड क्षेत्र पौराणिक ,एतिहासिक ,सास्कृतिक, धार्मिक एबम पर्यटकीय दृष्टिकोणले पबित्रस्थलको रुपमा प्रसिद्ध छ ।
राष्ट्रिय पञ्चाङ्कन समितिको निर्णय अनुसार श्रावण १३ गते नाग पन्चमीका दिन रक्षाबन्धन ,जनैपूणिर्मा मनाउने भए पनि मणिचुड जात्रा भने श्रावण शुक्ल पुर्णिमाकै दिन मनाइएको छ ।
पौराणिक भनाइ अनुसार गौतम बुद्धको ३२  जन्म मध्ये ३१ औं जन्म मणिचुड महाराजको रुपमा भै मानिसहरको रोग शान्त गरि दुख निवारण गर्न आफू सङ भएको मणि काटेर कुण्डमा मणि पखालेर दान गरेको हुनाले उक्त स्थानको नाम मणिचुड रहन गएको जनबिश्वास पाइन्छ।साथै लिङ्ग पुराण अनुसार धनुष आकारको यसै कुण्ड भित्र पानीमा महादेवको लिङ्ग उत्पत्ति भएको पनि उल्लेख गरिएको छ ।
२०३० मिटरको उचाइमा रहेको मणिचुड भयेको डाडालाई पौराणिक भाषामा मृगेन्द्र पर्बत भनिन्थ्यो । हाल कुण्ड भएको ठाउँमा पहिले बज्रयोगिनी खेल्न आउथिन ,एक दिन खेल्दै खेल्दै उनको कमण्डलु खसेछ र त्यो खसेकी ठाउमा दह उत्पति भएछ त्यसैले यो कुन्ड पनि कमण्डलु आकार को छ ।यो स्थान साखु बाट ७ कि. मीको दुरिमा रहेको छ ।
 मोटर बाटो निर्माण पछी यात्रा सहज भयेको एक दर्शनार्थीले बताए।  चाडै नै त्यो बाटो स्तरुन्नती गर्ने तर्फ सोचिरहेको एक मणिचुड मेला ब्यबस्थापन समिती सदस्यले बताउनु भयो ।
तपाइँको प्रतिक्रिया ।