चन्द्रागिरी नगरपालिका वडा नं १४ का योजना तथा कार्यक्रमहरु

चन्द्रागिरी नगरपालिका वडा नं १४ का योजना तथा कार्यक्रमहरु

कपन अनलाइन 

काठमाडौ,साउन २४ ।

चन्द्रागिरी नगरपालिका वडा नं १४ का मुख्य तथा सहायक सडकहरुको अवस्थामा सुधार ल्याउदै विस्तार,मर्मत र निर्माण गरी वडाका सम्पूर्ण स्थानमा सहज आवागमनको व्यवस्था मिलाउने प्रमुख योजना रहेको वडा नं १४ का अध्यक्ष रामहरी  बस्नेतले बताए ।

वडा नं १४ का मुख्य तथा सहायक सडकहरुमा  त्रिभुवन राजपथ बाट घ्यामेटोल बाड भञ्ज्याङ् सडक ड्रेन सहित स्तरुन्नती गर्ने , जनआन्दोलन मार्ग त्रिभुवन राजपथ बैइछाप हुँदै वडा ११ जोड्ने बाटो ड्रेन सहित स्तरउन्नती गर्ने , सैलेशको घर बाट पुरानो वडा कार्यलय जाने बाटो कालोपत्रे गर्ने , लोकेश्वरको घरबाट बिध्यामन्दिर स्कुल जोड्ने बाटोको चौडाइ १३ फिट बनाउने योजना रहेको अध्यक्ष बस्नेतले बताए । वडाका सहायक मार्गमा आवश्यकता हेरी  ढलान मर्मत र स्तरुन्न्ती गर्ने योजनामा वडा रहेको छ ।

वडा नं १४ मा खानेपानीको समस्या समाधान गर्न स्थानीय सङ छलफल गरी डिप बोरिङ संचालन गर्ने योजना रहेको अध्यक्ष बस्नेतले बताए ।

वडा नं १४ का सार्वजनिक जग्गा संरक्षणका लागी अभिलेख संकलन गरी अतिक्रमण बाट रोक्न विशेष अभियान संचालन गर्ने योजनामा वडा रहेको । ठुलथानामा रहेको पौराणिक स्थानमा बाल उधानको पुर्वाधार निर्माण गर्ने र  खेल मैदान नजिक सार्बजनिक सौचालय बनाउने योजना पनि वडा नं १४ को रहेको छ । इन्द्रमती खोलालाई स्वच्छ बनाउन ढल मिसाउन नदिने र बृक्ष्यारोपण कार्यक्रम संचालन गर्ने योजना वडाले बनाएको छ । साथै वडा नं १४ को पायक पर्ने स्थानमा भेटघाट चौतारी निर्माण गर्ने अध्यक्ष बस्नेतले बताए ।

वडामा रहेका प्रतिभाहरु पहिचान गर्दै प्रवर्धन गर्नका लागी दसैमा खेलकुद सप्ताह आयोजना गर्ने भएको मैदानलाई ब्यबस्थित गर्ने योजना वडा नं १४ ले बनाएको छ ।

जेष्ठ नागरिकहरुलाइ सामाजिक सुरक्षा भत्ता सके सम्म घरघरमै पुर्याउन प्रयास गर्ने र स्वस्थ्य चौकीमा डेन्टल सहित डाक्टरको सुबिधा थप गरी विभिन्न समयमा स्वास्थ्य सिविर संचालन गर्ने योजना रहेको अध्यक्ष वस्नेतले बताए ।

वडामा भएका  सामुदायिक बिद्यालयको शैक्षिक गुणस्तर सुधारको लागी आवश्यक पहल गर्ने र निजि बिधालयलाई समेत छात्रवृत्तिको लागि अनुगमन गर्ने योजना वडा नं १४ को रहेको छ ।साथै संचालनमा रहेको पुस्तकालय लाई ब्यबस्थित गर्ने र सो पुस्तकालयलाई आधुनिक प्रविधि जडान गरी सुविधा सम्पन्न बनाउने अध्यक्ष बस्नेतले बताए ।

वडा नं १४ का धार्मिक तथा सांस्कृतिक सम्पदाहरुको संरक्षण र प्रवर्धन गर्ने कार्यक्रम रहेको छ जसमा वडामा रहेको एतिहासिक कालिका मन्दिर, बालकुमारी मन्दिर लगायत अन्य मन्दिरको संरक्षण प्राथमिकतामा रहेका छन ।

महिला लक्षित कार्यक्रम तर्फ स्वरोजगार सम्बन्धी सिपमुलक तालिम संचालन गर्ने र अन्य कार्यक्रम महिला संजालहरु संग समन्वय गरी तय गरिने अध्यक्ष बस्नेतले बताए ।यसका साथै युवा लक्षित खेलकुद र रचनात्मक कार्यक्रम संचालन गर्ने योजनामा वडा नं १४ रहेको छ ।

 

 

 

 

 

 

तपाइँको प्रतिक्रिया ।