बुढानिलकण्ठ नगरपालिका प्रमुख उद्दव खरेल असन्तुस्ट

बुढानिलकण्ठ नगरपालिका प्रमुख उद्दव खरेल असन्तुस्ट

कपन अनलाइन

काठमाडौ,साउन २५ ।

बुढानिलकण्ठ नगरपालिकाको कार्यालयमा बसेर योजना निर्माण र जनचासोका मुद्दा हेर्नुको सट्टा कार्यक्रममा रिवन काट्ने, खादा र माला लगाउनमा आफ्नो समय धेरै वितेपछि नगरपालिका प्रमुख उद्दव खरेल असन्तुस्ट बनेका छन ।

अथाह चुनौती र अपेक्षाको पहाड विच सानदार मतले बिजयी भएका खरेल यो प्रक्रिया संग असन्तुस्ट रहेको उनले कार्यक्रमहरुमा व्यक्त गर्ने विचारले देखिन्छ।  नगरपालिकाको आन्तरिक व्यवस्थापन गर्ने र आगामी योजना निर्माण गर्न विमर्श गर्नु पर्ने वेलामा अन्य कार्यक्रम र समारोहमा जानुपर्दा उनले अपेक्षाकृत रुपमा जनताको भावना अनुसार काम गर्ने वातावरण सृजना गर्न नसकेको अप्रत्यक्ष रुपमा स्वीकार गर्दै आएका छन । यो कुरा उनले कार्यक्रमहरुमा व्यक्त गर्ने विचारमा प्रस्ट झल्किन्छ ।

बुढानिलकण्ठ नगरपालिकाका प्रमुख उद्दव खरेल अहिले नगरपालिकाका कार्यक्रम उद्घाटन र सहभागितामा व्यस्त छन ।प्रत्येक दिन उनको धेरै समय कार्यक्रममा सहभागितामा नै वितिरहेको छ । नगरपालिका कार्यालय भन्दा प्रमुख समय बाहिर बढी व्यथित भैरहेको छ ।

साउन ,भाद्र र असोज महिना छलफलको महिना बनाउने घोषणा गरेका खरेल अहिले धेरै समय बाहिर बिताउनु पर्दा यसले नगरपालिकाको  कार्यप्रगतिमा असर गर्नेमा चिन्तित देखिएका छन ।तर चिन्ता मात्र व्यक्त गरेर बस्न उनले पक्कै पाउने अवस्था नरहेको  बुढानिलकण्ठ नगरवासीहरु बताउछन । यसका  लागी उनले चाडै  कुनै विशेष निर्णय गर्नुपर्ने  देखिन्छ ।

अव नगरपालिकाको कार्यपालिकाको बैठक बाट नै कार्यक्रममा सहभागिताको विशेष निर्णय गर्ने तयारीमा खरेल रहेको उनि निकट श्रोतले बतायो । अव वडाहरुमा हुने कार्यक्रममा वडा अध्यक्षलाई  प्राथमिकता दिनुपर्ने उनको धारणा रहेको श्रोतले बतायो।

अव कार्यक्रमको बर्गिकरण गरेर प्रमुख ,उपप्रमुख र वडा अध्यक्ष हरुको सहभागिताको नीति बनाउने छलफलमा रहेको प्रमुख खरेलले बताए । यस्ता कार्यक्रमहरुमा आवस्यकता ,प्रभावकारिता र महत्व हेरेर सहभागिता जनाउने गरी नीतिनिर्माण गर्ने प्रमुख खरेलले बताए ।

आगामी दिनमा नीति निर्माण सम्बन्धी बहस, सिलान्यास ,योजना उद्घाटन र नगर विकासका बहसमा सहभागितालाई आफुले  प्राथमिकता दिने प्रमुख खरेलले बताए। वडामा हुने विद्यालय ,संघ संस्था र अन्य कार्यक्रमहरुमा वडा अध्यक्ष र सदस्यहरुलाई प्राथमिकता दिनुपर्ने उनको धारणा रहेको छ ।

अवको समय जनताको राय सल्लाह लिएर ठोस योजना बनाउनु पर्ने भएकोले बिहान बेलुका सम्पर्क कार्यालय स्थापना गरेर उक्त काम सुरुवात गर्ने खरेलले कपन अनलाइनलाई बताए  ।नगरपालिका  कार्यालय हुदा हुदै किन अर्को कार्यालय भन्ने हाम्रो प्रश्नमा उनले कार्यालय समयमा जनताको नियमित काम गर्नु पर्ने भएकोले सार्थक बहस र छलफल नहुने कारणले अर्को कार्यालय खोल्ने बताए ।

यो कार्यालय स्थापना गरेपछि महिनाको एउटा सनिवार पुरै नगरवासी, बुद्धिजीवी,  शिक्षक,संघ संस्था प्रतिनिधि ,राजनीतिक दलका प्रतिनिधि र आम मानिसहरु संग अन्तरक्रिया गर्ने उनले बताए।यसका लागी नगरवासीको सहयोग र सकारात्मक पहल आवस्यक रहेको उनको धारणा छ ।

पद बहाली गरेको ७५ दिन वितिसकेको छ र यस विचमा धेरै समय सम्मान र कार्यक्रममा सहभागितामा बिताएका खरेलको अगाडी निकै जटिलता र चुनौती रहेका छन र तिनको सामानमा उनले कत्तिको सहस र सुझबुझ देखाउछन त्यो हेर्न बाकी नै छ।

पद बहाली गरे संगै र चुनावी दौरानमा घोषणा गरेका योजनाहरुलाई केन्द्रविन्दुमा राखेर काम  गरे मात्र उनि प्रति जनताले गरेको विस्वास सार्थक बन्ने र यसको लागी उनलाई सदैव खवरदारी गर्ने उनका एक प्रतिस्पर्धीले कपन अनलाइनलाई बताए ।

यसका लागी खरेलले कतिको इच्छाशक्ती र तदारुकता देखाउछन त्यसले उनका आगामी दिनको यात्रा सहज वा जटिल के हुनेछ भन्ने देखाउने छ  ।

 

 

 

तपाइँको प्रतिक्रिया ।