प्याव्सकको उपत्यकाब्यापीआधुनिक गीत प्रतियोगितामा ७० विद्यार्थी छनौट

प्याव्सकको उपत्यकाब्यापीआधुनिक गीत प्रतियोगितामा ७० विद्यार्थी छनौट

कपन अनलाइन

काठमाडौ,साउन २३।

प्राइभेट एण्ड बोर्डिंग स्कूल अर्गनाइजेसन अफ काठमाडौं (प्याव्सक )  ले अहिले उपत्यका ब्यापी आधुनिक गीत प्रतियोगिताका लागी गायक गायिका छनौट गरिरहेको छ ।साउन १८ गते  सम्म काठमाडौं उपत्यकाका विभिन्न विद्यालयहरुमा अडिसन गरेर ७० जना विद्यार्थीहरु छनौट गरिएको छ ।

यस प्रतियोगितामा छनौट भएका ७० जना गायक गायिका मध्य बाट उत्कृस्ट २० जना यहि साउन २७ गते छानिने छन ।प्रतियोगिताका लागी प्रत्येक  विद्यालय बाट ३ जना विद्यार्थी छनौट गरिएको थियो ।कोड नम्बर प्रदान गरेर छनौट प्रतियोगितालाई निस्पक्ष र पारदर्शी बनाइएकोले पनि धेरै प्रस्तिपर्धिहरुले भाग लिएका थिए।अहिले सम्म उपत्यकाका १०० भन्दा बढी विध्यालयमा अडिसन सम्पन्न भैसकेको छ ।

प्रतियोगितामा बिजयी हुनेलाई नगद पुरस्कार र ट्रफी प्रदान गरिने प्याव्सक्का अध्यक्ष वालकुमार गुरुङले बताए। प्याव्सकले  विद्यालयको हित मात्र नहेरी  विद्यार्थीहरुको   समग्र विकासमा ध्यान  दिएको उनले थपे। यस प्रतियोगितमा सब्द ,संगीत र प्रस्तुतिलाई ध्यानमा राखी नया प्रतिभाहरु उत्पादन गर्ने अभियानमा रहेको उनले कपन अनलाइनलाई बताए ।

यस प्रतियोगिताको समापन भद्र ९ गते गरिने छ ।

तपाइँको प्रतिक्रिया ।