चन्द्रागिरी नगरपालिका वडा नं १५ का योजना तथा कार्यक्रमहरु
कपन अनलाइन
काठमाडौ,साउन २३ ।
चन्द्रागिरी नगरपालिका वडा नं १५ भित्र रहेका सडक तथा भौतिक पूर्वाधारहरुलाई बैज्ञानिक ढंगले निर्माण गरी वडालाई नमुना बनाउने मुख्य योजना रहेको शहरी योजना विद (MSc Urban Planning Architect) समेत रहेका वडा नं १५ का अध्यक्ष उत्तम बहादुर राउतले बताए ।
वडा नं १५ का मुख्य तथा सहायक ढल निकास तथा सडकहरुमा गढी जाने बाटो , खड्केपुल एलआरआइ सडक ,सिभिल होम सडक, कार्की गाउँ जाने सडक मर्मत तथा आवश्यकता हेरि स्तरुनन्ती गर्ने, टाराडिल सडक ढलान गर्ने,गल्फुफेदी मार्ग ढलान गर्ने , नैकाप किर्तीपुर सडकमा ढल निर्माण गर्ने ,पिपलबोट मार्ग सडक ढल निर्माण गर्ने , भुमेस्थान राउत गाउँ सडकमा ढल हाली मर्मत गर्ने ,तण्डुकार टोल बाटो स्तरउन्नती गर्ने भिराडोल मुनाल क्लव बाटो स्तरुन्न्ती गर्ने , शकरको पसल देखी बिशुदेबी मावी सडक स्तरुन्न्ती गर्ने , राउत गाउँ बाटो ब्लक छाप्ने, राजमार्ग आसिण्डोल जाने बाटो निर्माण गर्ने , सन राइज क्लब र ज्ञानसुधा अगाडिकोको ढल निर्माण गर्ने योजना रहेको अध्यक्ष राउतले बताए ।
वडा नं १५ को खानेपानीको समस्या समधानका लागी तीनथाना खानेपानी मुल उपभोक्ता समितीलाई ब्यबस्थित बनाइ त्यसै मार्फत खानेपानीको लागी काम गर्ने योजना वडा नं १५ को रहेको छ ।
वडा नं १५ भित्र रहेका सार्वजनिक जग्गाहरुको अभिलेख संकलन गरी संरक्षण गर्ने योजनामा रहेको अध्यक्ष राउतले बताए । यस्ता जग्गाहरुको प्रयोगका लागी गैरी गाउमा कृयापुत्री भवन बनाउने र पायक पर्ने स्थानमा महिला एबम जेष्ठ नागरिक बृद्ध स्थान बनाउने योजना वडा नं १५ ले बनाएको छ ।त्यस्तै पिपल बोट्मा सामुदायिक भवन ब्यबस्थित गर्ने, बिष्णुदेवीमा सार्बजनिक सौचालय बनाउने, पिपलबोट चौतारीलाई पर्यटकीय पार्क बनाउने , वृद्धस्थान पोखरी तथा फुलैचा पार्क बनाउने , मुनाल क्लब फलैचा पार्क , गुमज पार्क ,भुमेस्थानमा फलैचा पार्क बनाउने , रामेश्वर फलैचा पार्क निर्माण र कुवा फलैचा ट्रस निर्माण गर्ने योजना पहिलो प्राथमिकतामा पर्ने अध्यक्ष राउतले बताए ।
वडामा रहेका युवा तथा खेलाडीहरुलाई प्रोत्साहन गरेर नयाँ खेलाडी उत्पादन गर्ने योजना बनाएको वडा नं १५ ले मुनाल ब्याट्मिन्टन कोर्ट निर्माण गर्ने र अन्य भएकालाई स्तरुन्न्ती गर्ने तथा बिष्णुमतीमा बाल उधान बनाउने अध्यक्ष राउतले बताए ।
लक्षित बर्गको बजेट तर्फ महिला विद्यालय सुदृढीकरण गरि रोजगार मुलुक तालिम दिने र महिला संजालहरुलाई शशक्तिकरणका कार्यक्रम बनाउने योजनामा रहेको यस वडाले मुख्य मुख्य चोकहरुमा सिसिटीभि र सौर्य बत्ती जडान गर्ने योजना पनि अगाडी सारेको छ ।
वडा नं १५ का सास्कृतिक ऐतिहसिक सम्पदा संरक्षण गर्ने र वडाको मठमन्दिर पाटी संरक्षण पुन निर्माण गर्ने अध्यक्ष राउतले बताए ।
वडा नं १५ को शैक्षिक अवस्था सुधार गरी शैक्षिक गन्तव्य बनाउने योजना पनि वडा नं १५ को रहेको छ । वडाको काम छिटोछरितो बनाउन मुस्कान सहितको सेवा दिने घोषणा पनि वडाले गरेको छ ।