राष्ट्रिय संस्थागत विद्यालय संघ (निशान)को साधारणसभा सम्पन्न

राष्ट्रिय संस्थागत विद्यालय संघ (निशान)को साधारणसभा सम्पन्न

कपन अनलाइन 

काठमाडौ,साउन ८ ।

राष्ट्रिय संस्थागत विद्यालय  संघ (निशान ) ले आफ्नो साधारण सभा तथा नया सदस्यता वितरण सम्पन्न गरेको छ ।

कार्यक्रमको उद्घाटन काठमाडौ निर्वाचन क्षेत्र ४ का सांसद डा .राजन भट्टराईले गरेका थिए । कार्यक्रममा डा .नवराज बानिया ,सेन्ट लरेन्स कलेजका अध्यक्ष केशव प्रसाद दङाल ,विभिन्न बिद्यालयक प्रधानअध्यापकहरु र पत्रकारहरुको उपस्थिति रहेको थियो ।

मिल्की वे बिध्यालयका प्रधान अध्यापक  राजेश घिमिरेले स्वागत मन्तव्य राखेको कार्यक्रममा पुराना सदस्य विद्यालयहरुको  सदस्यता नवीकरण गर्नुका साथै नयाँ सदस्यता लिएका बिधालयहरुलाई सदस्यता प्रमाणपत्र बितरण गरिएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि भट्टराईले विद्यालयहरुको हकहितमा लाग्नुका साथै नया ढंगले सबैको चाहना र  उदेश्य पुर्तिकाका लागी राष्ट्रियता र रास्ट्रहितलाई केन्द्रमा राखेर काम गर्नुपर्ने बताए ।

कार्यक्रमका सभाध्यक्ष ओम प्रसाद ढकालले सबैको साथ र सहयोगले नै निशान एक बर्षमानै आफ्नो क्षेत्रमा राम्रो उपस्थिति जनाउन सफल भएको र आगामी दिनहरुमा अझ सस्थाको हकहित, लक्ष्य र उदेश्य प्राप्तिमा लागिरहने बताए ।

कार्यक्रमको दोस्रो चरणमा सर्वसम्मतीले १५ सदस्यीय नयाँ कार्यसमिति  चयन गरिएको थियो ।

राष्ट्रिय सस्थागत बिधालय संघ (निशान )को नवनिर्वाचित कार्यसमिति

अध्यक्ष : ओम प्रसाद ढकाल

उपाध्यक्ष :रामेश्वर चौलागाई

उपाध्यक्ष : रमेश चन्द्र लामिछाने

महासचिव : सौर्य आचार्य

सचिव :अरुण पौडेल

सचिव : राजेश घिमिरे

कोषाद्यक्ष :अमर गिरी

सदस्य : चुडामणी पौडेल

सदस्य: भरत राई

सदस्य:महेश के.सी.

सदस्य: अरुण प्रधान

सदस्य: प्रकाश नगरकोटी

सदस्य: राजन श्रेष्ठ

सदस्य: दिनेश दंगाल

सदस्य : मनोज भट्टराई

 

 

 

तपाइँको प्रतिक्रिया ।