जुलाई ३१ मा नोकिया एट

जुलाई ३१ मा नोकिया एट

कपन अनलाइन 

एजेन्सी, ३ श्रावण नोकियाले नोकिया थ्री, नोयिक फाइभ तथा नोकिया सिक्स स्मार्टफोन लञ्च गरिसकेको छ । नोकियाका उपर्युक्त फोनसेटहरुले प्रयोगकर्ताहरुबाट राम्रै प्रतिक्रिया पाइरहेका छन् । अब चाहीँ नोकियाले उच्च मूल्य तथा गुणस्तरको नोकिया एट ल्याउँदैछ ।

नोकिया ब्राण्डको स्वामित्व लिएको एचएमडी ग्लोबलले नोकिया एट स्मार्टफोन लञ्च गर्न लागेको खबर सार्वजनिक भएको छ । खबर अनुसार आगामी जुलाई ३१ मा नोकिया एट लञ्च हुनेछ ।

जर्मन वेबसाइट विनफ्यूचरका अनुसार नोकिया एट आगामी जुलाई ३१ मा लञ्च गर्ने तयारी छ ।

यसअघि नोकियाले नोकिया एट तथा नोकिया नाईन गरी दुई स्मार्टफोन एकसाथ यो वर्षको उत्तरार्धमा सार्वजनिक गर्ने अनुमान गरिएको थियो । तर पछिल्लो समाचारले चाहीँ तत्कालै नोकिया एट सार्वज्निक हुने संकेत गरेको हो ।

रिपोर्ट अनुसार नोकिया एट मोडल नम्बर टीए १००४ को नामबाट आउन सक्छ । नोकिया एटको स्पेसिफिकेसन तथा मूल्यका विषयमा पनि केही तथ्यहरु सार्वजनिक भएका छन् । जसअनुसार नोकिया एटमा सबैभन्दा पछिल्लो प्रोसेसर स्नापड्रागन ८३५ प्रयोग गरिनेछ । यसमा चार गिगाबाइटको र्‍याम तथा ६४ गिगाबाइटको स्टोरेज हुनेछ ।

नोकिया एट दुई मोडेलमा आउनेछ । एउटा सिंगल सिमकार्डवाला र अर्को डुअल सिमकार्ड वाला ।

खबर अनुसार नोकिया एटको मूल्य ५ सय ८९ युरो पर्नेछ । यो मूल्य चाहीँ युरोपेली बजारको हो । अन्य बजारमा चाहीँ यो तुलनात्मक रुपमा सस्तो मूल्यमा बेचिनेछ ।

यो फोनमा ५.७ इन्चको डिस्प्ले, एन्ड्रोइड ७.१.१ नोगट अपरेटिङ सिस्टम, १३ मेगापिक्सेलका दुई क्यामरायुक्त डुअल क्यामरा सेटअप तथा डुअल एलइडी फ्लास हुनेछ ।

तपाइँको प्रतिक्रिया ।