‘दबंग ३’ अगाडि देखिनेछन् सलमान-सोनाक्षी

‘दबंग ३’ अगाडि देखिनेछन् सलमान-सोनाक्षी

कपन अनलाइन 

एजेन्सी । केही दिनदेखि भारतीय सिने बजारमा ‘दबंग ३’मा सोनाक्षीको भूमिका हुन्छ वा हुँदैन भन्ने चर्चा चलिरहेको छ । बताइएअनुसार दबंग ३ अगाडि सलमान र सोनाक्षीको जोडी बलिउडमा देख्न पाइनेछ ।

भारतीय सञ्चारमाध्यमका अनुसार सोनाक्षी र सलमानले एक फिल्मका लागि शूटिङ समेत गरिसकेका छन् ।

यद्यपी आईफा अवार्डका आयोजक विजक्राफ्ट इंटरटेनमेन्ट आईफामा आधारित रहेर एक फिल्म बनिरहेको छ । जसमा सोनाक्षी सिंहा र दिलजीत दोसांझको मुख्य भूमिका हुनेछ । यस फिल्ममा सलमान खानको समेत केमियो हुनेछ ।

एक रिपोर्टलाई मान्ने हो भने उक्त फिल्ममा सलमान, करण जोहर, आदित्य राय कपूर र बोमान ईरानीको समेत केमियो हुनेछ । आईफा अवार्डको ग्रीन कारपेटमा एक अन्तर्वार्तामा सलमानले यसको खुलासा गरेका हुन् ।

तपाइँको प्रतिक्रिया ।