काठमाडौं महानगरको वजेट १०अर्व ७८ करोड ६९ लाख, घर बहाल कर १२ प्रतिशत

कपन अनलाइन

काठमाडौँ,श्रावण १।

काठमाडौँ महानगरपालिकाको नगर सभाले आर्थिक बर्ष २०७४/०७५ का लागी आर्थिक विधेयकबाट १० अर्व ७८ करोड रुपैयाँ को बजेट स्वीकृत गरेको छ।

काठमाडौँ महानगरपालिकाले आन्तरिक आम्दानी तर्फ कर आयतर्फ ४ अर्व ३६ करोड ७५ लाख रुपैयाँ र गैर कर तर्फ २ अर्व १२ करोड र ससर्त त् निसर्त समीकरण   को अनुदान तर्फ  ३ अर्व १६ करोड ८२ लाख को   बजेट अनुमान प्रस्तुत गरेको छ ।आन्तरिक र अनुदान जोड्दा राजस्व र दरसहित हुन आउने ९ अर्व ६५ करोड ५८ लाख रुपैयाँ र मौज्दात १ अर्व १३ करोड गरी १० अर्व ७८ करोड  रुपैयाँ आम्दानी अपेक्षा रकम कायम गरिएको छ ।

महानगरको नगर सभाले मनोरंजन कर लाई करको नयाँ क्षेत्र को रुपमा राखेको छ ।यस अघि बहाल करमा सरकारले १० प्रतिशत र तत्कालीन स्थानीय निकायले २ प्रतिशत संकलन गर्दै आएकोमा अव १२ प्रतिशत बहाल कर महानगरले नै संकलन गर्ने नीति नगर सभाले पारित गरेको छ ।

तपाइँको प्रतिक्रिया ।