जुगल इन्ग्लिश मिडियम स्कूल बुनपा १०को क्यारियर काउन्सिलिंग तथा बिदाई कार्यक्रम सम्पन्न

जुगल इन्ग्लिश मिडियम स्कूल बुनपा १०को क्यारियर काउन्सिलिंग तथा बिदाई कार्यक्रम सम्पन्न

कपन अनलाइन 

काठमाडौँ ,असार ३१।

जुगल इन्ग्लिश मिडियम स्कूल बुनपा १० ले एस इ इ परिक्षामा सफल भएका विद्यार्थीहरुलाई क्यारियर काउन्सिलिंग तथा बिदाई गरेको छ ।त्रिभुवन विश्वबिद्यालयका सह प्राध्यापक कमल गौतमको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा कानुन , वित्तीय संस्था , शिक्षा ,बिज्ञान क्षेत्रका वारेमा विद्यार्थीहरुलाई परामर्श प्रदान गरिएको थियो  ।

विद्यालय शिक्षा सम्पन्न गरेका विद्यार्थीहरुलाई उचित परामर्श नदिदा विविध कारणले गलत विषय चयन गर्ने र त्यसले उनीहरुको वृति विकाशमा अवरोध पुग्ने भएकोले परामर्श प्रदान गरेको विद्यालयका प्रधान अध्यापक बिबेक विनयीले बताउनु भयो  ।

कार्यक्रममा  बुनपा १० का अध्यक्ष नवराज भट्टराई ,त्रिभुवन विश्व बिद्यालयका उप-प्राध्यापक गणेश राज अधिकारी,  अविभावक तथा वडाका   अन्य संघ   संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको कार्यक्रमको अध्यक्षता  विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डोर प्रसाद आचार्यले गरेका थिए ।

तपाइँको प्रतिक्रिया ।