पिक पोइन्ट एकेडेमी बुनपा १३ ले एस इ इ परिक्षामा सफल विद्यार्थीलाई सम्मान गर्यो

पिक पोइन्ट एकेडेमी बुनपा १३ ले  एस इ इ परिक्षामा सफल विद्यार्थीलाई सम्मान गर्यो

कपन अनलाइन 

काठमाडौँ ,असार ३१ ।

पिक पोइन्ट एकेडेमी बुनपा १३ ले एस इ इ परिक्षामा सफल विद्यार्थीलाई सम्मान तथा बिदाई गरेको छ ।उक्त अवसरमा बुढानिलकण्ठ नगरपालिका  वडा नं १३ का नवनिर्वाचित जनप्रतिनिधिहरुलाई पनि सम्मान गरिएको थियो ।

बुढानिलकण्ठ वडा नं १३ नगरपालिका वडा नं १३ का अध्यक्ष श्रीकृष्ण श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममाSchools’ Alliance for Academic Transformation(SAAT )का अध्यक्ष विजय खरेल ,सचिव शक्ति नेपाल ,अभिभावक तथा विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रम मा विविध सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरिएको थियो । यो कार्यक्रममा सम्मानको साथमा विद्यार्थी  लाई सम्मान को साथमा आगामी     दिनको लागी परामर्श पनि प्रदान गरिएको विद्यालयका प्रधानअध्यापक तथा कार्यक्रमका अध्यक्ष विनय श्रेष्ठले बताए ।

तपाइँको प्रतिक्रिया ।