कामपाको पहिलो नगरसभामा नीति तथा कार्यक्रम प्रस्तुत

कामपाको पहिलो नगरसभामा  नीति तथा कार्यक्रम प्रस्तुत

कपन अनलाइन 

३० असार । मेयर विद्यासुन्दर शाक्यले नगरसभामा पेश गरेको नीति तथा कार्यक्रममा भर्टिकल र अण्डरग्राउण्ड कार पार्किङदेखि ई-ट्वाइलेटसम्मका योजना समेटिएका छन् । काठमाडौं महानगरपालिकाले महानगरलाई अँध्यारोमुक्त बनाउने भएको छ । अँध्यारोबाट मुक्ति दिलाई उज्यालो काठमाडौं शहर बनाउने नीति अवलम्वन गरिने नीति तथा कार्यक्रममा भने गरिब घर पहिचान गर्ने र परिचय पत्र दिनुका साथै साझा बस मा नि शुल्क यात्रा गराउने व्यवस्था मिलाइने  उल्लेख गरेका थिए ।

यसका लागि सडकबत्ती, सार्वजनिक स्थल, सम्पदा क्षेत्रमा सौर्य उर्जाको व्यवस्था गरिने भएको छ । झिलिमिलि शहर बनाउने प्रतिवद्धता अनुरुप विश्व सम्पदा सूचिमा सुचिकृत पशुपतिनाथ, बौद्धनाथ, स्वयम्भुनाथ र हनुमानढोका दरवार क्षेत्र लगाएतका मठ मन्दिर, गुम्वा, बहाल, बही, ननी, चोक, घाट क्षेत्रमा सोलार बत्तिको व्यवस्था हुने भएको छ ।

यस्तै विजुली बत्ति युटिलिटिलाई काठमाडौं महानगरको अधिकार क्षेत्रभित्र ल्याई स्मार्ट मिटर जडान गर्ने अभियान सुरु गर्ने काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्यले बताए ।

तपाइँको प्रतिक्रिया ।