उपत्यकाव्यपी माध्यमिक विद्यालय स्तरीय कविता वाचन प्रतियोगिता सम्पन्न

उपत्यकाव्यपी माध्यमिक विद्यालय स्तरीय कविता वाचन प्रतियोगिता सम्पन्न

कपन अनलाइन 

काठमाडौ, असार ३०।

२०४ औं भानु जयन्तिको अवसरमा लोयल्टी एकेडेमिले उपत्यकाव्यपी माध्यमिक विद्यालय स्तरीय कविता वाचन प्रतियोगिता सम्पन्न गरेको छ । सथमा स्रष्टा सम्मान कार्यक्रम पनि गरेको छ ।

नेपाल प्रज्ञा प्रतिष्ठानका प्राग्य डा अमर गिरीको प्रमुख आतिथ्य र विद्यालयका प्रधानाध्यापक श्री योगेश चन्द्र विक्रम सम्बाहम्फेको सभाध्यक्षतामा  कार्यक्रम सम्पन्न भएको हो ।२६ प्रतियोगी सहभागी उक्त कार्यक्रममा नेपाल वेद विद्याश्रमका याज्ञवल्क्य न्यौपाने प्रथम भए । त्यस्तै रिपुमर्दिनी सैनिक विद्यालयकी  पुष्पा गुरुङ द्वितीय एवम काष्ठमण्डप विद्यालयकि डोरिशा आचार्य तृतीय स्थान प्राप्त गर्न सफल भइन ।

कार्यक्रममा वरिष्ठ साहित्यकार एवम समालोचक डा शैलेन्दुप्रकाश नेपाललाइ सम्मान पनि गरियो। कार्यक्रममा प्रमुख अतिथी प्राग्य डा अमर गिरी एवम सम्मानित व्यक्तित्व डा. शैलेन्दुप्रकाश नेपाल लगायतले सारगर्वित मन्तव्य राख्नुभएको थियो भने हास्यव्यङ्ग्य कवि लक्ष्मण गाम्नाङे, आत्माराम पुडसैनी, तीर्थराज भट्ट,बाबुराम काफ्ले तथा गीता घिमिरे लगायतले कविता वाचन गर्नुभएको थियो

तपाइँको प्रतिक्रिया ।