मतदाता नामावलीमा नाम छुट भएकाहरुलाई श्रावण १ देखि १५ गते सम्म मौका

कपन अनलाइन 

काठमाडौँ ,असार ३०।

मतदाता नामावलीमा नाम छुट भएका अथवा हालै उमेर पुगेका मतदाताहरुले आगामी प्रदेश र संघको निर्वाचन प्रयोजनका लागि श्रावण १ गतेदेखि १५ गतेसम्म आफ्नो नागरिकता भएको जिल्ला निर्वाचन कार्यालय वा बसाई सराई भएको भए  बसाईं सराई गरी आएको जिल्लाको निर्वाचन कार्यालयमा नागरिकता प्रमाणपत्र साथमा लिएर गई  फोटो सहितको मतदाता नामावलीमा आफ्नो नाम समावेश गर्न गराउन निर्वाचन आयोगले सूचना जारी गरेको छ  ।

तपाइँको प्रतिक्रिया ।