बाग्द्वार साहित्य समाज बुनपा ३ को साहित्यिक कार्यक्रम सम्पन्न

 बाग्द्वार साहित्य समाज बुनपा ३ को साहित्यिक कार्यक्रम सम्पन्न

कपन अनलाइन

काठमाडौ,असार ३०

२०४ औ  भानु जयन्ती को  अवसरमा  बाग्द्वार साहित्य समाजको आयोजना र  बाणगङ्गा बचत तथा ऋण सहकारी सस्थाको प्रायोजनमा साहित्यिक कार्यक्रम सम्पन्न भएको छ ।बुढानिलकण्ठ नगरपालिका वडा नं ३ का अध्यक्ष वालकृष्ण श्रेष्ठको प्रमुख अतिथ्यतामा भएको सो कार्यक्रममा बरिष्ठ कवी तथा गीतकार  दुर्गालाल श्रेष्ठलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा कवि बियोगी बुढाथोकी,नर प्रसाद धिताल, बिना माया तामाङ, माहादेव अधिकारी,बिकास तामाङ, श्याम दुलाल अश्रु, कुश गुरागाई,यादव राज घले, दुर्गा लाल श्रेष्ठ,श्याम सङकल्प, सफल सुरज, बाल्कृष्ण श्रेष्ठ,नारायण दुलाल,सुशील महर्जन,श्रीश भण्डारी, जय राम धिताल, राम लामा, बद्री प्रसाद दुलाल, पुष्पा धमला, रुद्र अधिकारी, बुद्धि सागर अधिकारी, उत्तम विचार, भुवन शिवाकोटी लगायतले आफ्नो रचना वाचन गरेका थिए ।

कार्यक्रमको अध्यक्षता बागद्वार साहित्यिक समाजका  अध्यक्ष श्याम संकल्पले गरेका थिए ।

 

तपाइँको प्रतिक्रिया ।