कान्तिपुरी नगरी : भानुभक्त आचार्य (कविता )

कान्तिपुरी नगरी : भानुभक्त आचार्य (कविता )

कपन अनलाइन

काठमाडौँ ,असार २९ ।

नेपाली साहित्यमा एउटा अमर नाम भानुभक्त आचार्यको जन्मजयन्ती आज देश विदेसमा मनाइदै छ । नेपाली भाषा तथा साहित्यको मध्यम बाट सम्पूर्ण देशलाई एक सुत्रमा जोडन आचार्यको निकै ठुलो योगदान रहेको छ ।

आज भानु जयन्तीको अवसरमा  हार्दिक शव्द सुमन सहित आचार्यको बहुचर्चित कविता कान्तिपुरी नगरी प्रकाशन गरेका छौ  ।

कान्तिपुरी नगरी 

चपला अबलाहरु एक् सुरमा,
गुनकेसरिको फुल ली शिरमा ।
हिडन्या सखि लीकन ओरिपरी ।
अमरावति कान्तिपुरी नगरी ।।

यति छन् भनि गन्नु काहाँ धनि ञाँ,
खुसि छन् बहुतै मनमा दुनिञाँ,
जनकी यसरी सुखकी सगरी,
अलकापुरि कान्तिपुरी नगरी ।।

कहिँ भोट – र लण्डन – चीन – सरी,
कहिँ काल्-भरि गल्लि छ दिल्ली-सरी ।
लखनौं – पटना – मदरास – सरी
अलकापुरि कान्तिपुरी नगरी ।।

तरबार कटार खुँडा खुकुरी,
पिसतोल र बन्दुक सम्म भिरी ।
अतिशूर – र – वीर – भरी नगरी,
छ त कुन्- सरि कान्तिपुरी नगरी ।।

रिस राग कपट् छल छैन जाँहाँ,
तव धर्म कती छ कती छ याहाँ,
पशुका पति छन् रखबारि गरी,
शिवकी पुरि कान्तिपुरी नगरी ।।

तपाइँको प्रतिक्रिया ।