बालकको मृत्यु

बालकको मृत्यु

कपन अनलाइन 

धनगढी, २९ असार । धनगढी उपमहानगरपालिकाको दक्षिणी सीमा नदी मोहनाको त्रिवेणीघाटमा डुबेर बुधबार एक बालकको मृत्यु भएको छ।
कैलालीको गौरीगङ्गा नगरपालिका–१० स्थायी घर भई धनगढीको क्याम्पस रोडमा रहेको दिदीको घरमा बस्दै आएका १५ वर्षीय विराज चौधरीको मोहना नदीको त्रिवेणीघाटमा बुधबार नुहाउने क्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाए ।

नदीमा डुबेर बेपत्ता भएका बिराजको शव प्रहरी र स्थानीयवासीको संयुक्त प्रयासमा सोही नदीमा फेला पारिएको छ । मृतक बालक वीरबहादुर चौधरीका छोरा थिए  । बुधबार दिउँसो साथीहरुसँगै नुहाउन भनी उनी मोहना नदीतर्फ गएको बताए  ।

तपाइँको प्रतिक्रिया ।