प्याव्सकले शिक्षक शिक्षिका सम्मान गरी गुरु पुर्णिमा मनायो

प्याव्सकले शिक्षक शिक्षिका सम्मान गरी गुरु पुर्णिमा मनायो

निजि तथा आवासीय विद्यालय संगठन काठमाण्डौ (प्याब्सक ) ले विभिन्न विद्यालयका शिक्षक शिक्षिकाहरुलाई सम्मान गरी गुरु पुर्णिमा मनाएको छ । नेसनल प्याव्सनका केन्द्रिय अध्यक्ष कर्ण बहादुर शाहीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सदस्य विद्यालयका शिक्षक शिक्षिकाहरुलाई सम्मान गरिएको थियो।

प्रमुख अतिथि शाहीले प्याव्सकले यस्तो कार्यक्रम आयोजना गरेर एउटा राम्रो संस्कारको सुरुवात गरेको बताए । अवको शिक्षा विद्यार्थी र शिक्षक केन्द्रित हुनुपर्नेमा उनको जोड थियो ।

कार्यक्रममा नेसनल प्याव्सनका केन्द्रिय संगठन सचिव सुवास न्यौपाने , नेसनल प्याव्सन काठमाडौ जिल्ला अध्यक्ष बिष्णु पराजुली , काठमाडौँ जिल्ला पुर्व अध्यक्ष सी.पी आचार्य ,प्याव्सकका पुर्व अध्यक्ष शम्भु अधिकारी , विभिन्न बिद्यालयका प्रधानाध्यापक र प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

यो कार्यक्रम हरेक वर्ष आयोजना गर्दै आएको र विद्यालयको नतिजामा शिक्षकको अहम भूमिका रहेकोले यो सम्मान गरिएको आयोजक संस्थाका समिर बास्तोलाले कपन अनलाइनलाई बताए ।प्याव्सकका अध्यक्ष वालकुमार गुरुङको अध्यक्षतामा भएको कार्यक्रम गेन्द्र लामाले संचालन गरेका थिए ।

कार्यक्रममा सम्मानित विद्यालय  र शिक्षक शिक्षिका

  • प्राक्सिस इन्टरनेसनल स्कूल – सचिता महर्जन
  • प्रशान्ति शिक्षा सदन – निर्मला के.सी
  • प्रोग्रेसिभ इन्ग्लिश स्कूल –लीला कुमारी शर्मा
  • कान्तिपुर एकेडेमी – कमला कटुवाल
  • सारदा एकेडेमी – शोभा राई
  • एपेक्स लाइफ स्कूल –ऋषि प्रसाद पोख्रेल
  • सगरमाथा एजुकेसनल एकेडेमी –प्रतिमा तिवारी
  • त्रि नेत्र विद्या निकेतन – अडिश कार्की
  • पायोनियर पब्लिक स्कूल –सुष्मा बुढाथोकी
  • लिटल मुन मावी – लिल बहादुर तामांग
  • काठमाडौँ विद्या मन्दिर –राजु रिमाल
  • पुष्पलाल उच्च मावी – सकुन्तला भट्ट

सम्मानित शिक्षक शिक्षिका लाई प्रमुख अतिथि शाहीले प्रमाण पत्र प्रदान गरी सम्मानित गरेका थिए ।प्याव्सकले विद्यालय र विद्यार्थी केन्द्रित कार्यक्रमहरु  गर्दै आएको छ ।

तपाइँको प्रतिक्रिया ।