बुढानिलकण्ठ नगरपालिका द्वारा वालउद्दार उच्च मावीलाई १५ थान कम्प्युटर प्रदान

बुढानिलकण्ठ नगरपालिका द्वारा  वालउद्दार उच्च मावीलाई  १५ थान कम्प्युटर प्रदान

कपन अनलाइन 

काठमाडौँ,असार २५ ।

बुढानिलकण्ठ नगरपालिकाले गुरु पुर्णिमाको अवसर पारेर वालउद्दार उच्च मावी बुनपा १० लाई १५ वटा कम्प्युटर प्रदान गरेको  छ ।बुनपा वडा नं १० को पहलमा उक्त कम्प्युटरहरु  व्यवस्था गरिएको थियो ।

आज गुरु पुर्णिमाको अवसरमा एक कार्यक्रम आयोजना गरि वडा  नं १० का अध्यक्ष नवराज भट्टराईले कम्प्युटरहरु बिद्यालयका प्रधानाध्यापक होमनाथ वाग्लेलाई हस्तान्तरण गरेका थिए । यस विध्यालयमा माध्यमिक तह सम्म कम्प्युटर शिक्षाको पठन पाठन हुदै आएको छ ।

अहिलेको युगको मागलाई सम्बोधन गर्दै युग सापेक्ष शिक्षा उपलव्ध गराउने उदेस्यले कम्प्युटर शिक्षालाई प्राथमिकता दिएको र अन्य विद्यालयहरुलाई पनि यसमा प्रेरित गर्ने वडा नं १० का अध्यक्ष भट्टराईले कार्यक्रममा आफ्नो धारणा  व्यक्त गरेका थिए ।

तपाइँको प्रतिक्रिया ।