बुनपा वडा नं ७ ले जेष्ठ नागरिकलाई सम्मान गर्यो

बुनपा वडा नं ७ ले जेष्ठ नागरिकलाई सम्मान गर्यो

कपन अनलाइन

काठमाडौँ,असार २५ ।

बुढानिलकण्ठ नगरपालिका वडा नं ७ मा एकल महिला र जेष्ठ नागरिकलाई सम्मान गरिएको छ । वडामा रहेका करिव ९० जना जेष्ठ नागरिक तथा एकल महिला लाइ दोसल्ला ओडाएर सम्मान गरिएको थियो ।

एकल महिला तथा जेष्ठ नागरिक सम्मान समिति को आयोजना मा भएको सो कार्यक्रम वडा स्थित नयाँ जागरण युएया क्लव को प्रांगणमा भएको थियो । वडा  नं ७ का अध्यक्ष वस नारायण महर्जनकोअमुख अतिथ्यता रहेको सो कार्यक्रममा वडा सदस्यहरु राम बहादुर थिंग,  राममाया महर्जन ,सावित्री ढकाल भट्टराई र अनिता पुर्कुटीको उपस्थिति रहेको थियो ।

वडा नं ७ का अध्यक्ष महर्जनले हरेक महिना जेष्ठ नागरिक लक्षित स्वास्थ्य शिविर र अन्य कार्यक्रम आयोजना गर्ने प्रतिबद्दता पनी व्यक्त गरेका थिए ।साथै वडाको उचित स्थानमा जेष्ठ नागरिक पार्क निर्माण गर्ने र बृद्ध भत्ता वडाबाटै वितरणको व्यवस्था गर्ने उनले थपेका थिए।

यो कार्यक्रमले  वडामा रहेका जेष्ठ नागरिकहरुको अनुभव र ज्ञानलाई  वडाको विकासमा प्रयोग गर्न सहयोग पुग्ने भएकोले आयोजना गरिएको आयोजक समितिका अध्यक्ष दीपेस थापा मगरले बताए ।

तपाइँको प्रतिक्रिया ।