डा.भट्टराईको आँखा जांच गर्दै स्वास्थ्य शिविर उदघाटन गरियो

डा.भट्टराईको आँखा जांच गर्दै स्वास्थ्य शिविर उदघाटन गरियो

 

कपन अनलाइन 

काठमाडौँ,असार २५ ।

बुढानिलकण्ठ नगरपालिकाको सहयोगमा विद्यार्थी सरोकार समाजले बुनपा वडा नं ११ मा स्वास्थ्य सिविर कार्यक्रम आयोजना गरेको छ । क्षेत्र नं ४ का सांसद डा.राजन भट्टराईको आँखा जाँच गर्दै उदघाटन गरिएको सो शिविरमा आँखा ,दाँत र जनरल सेवा उपलब्ध गराइएको थियो ।

बुनपा ११ का स्थानीय हरुको बाक्लो सहभागिता रहेको सो कार्यक्रम असार २३ र २४ गते सम्म चलेको थियो । बुनपा ११ को ग्राम शिक्षा मन्दिर उच्च्ठ माविमा भएको सो कार्यक्रमामा काठमाडौँ जिल्ला खेलकुद समिति का अध्यक्ष धुर्वराज न्यौपाने , बुनपा ११ का अध्यक्ष राजु अधिकारी ,सदस्यहरु बिमल लामा ,बिनोद तामांग ,भगवती निरौला लगायतको उपस्थिति रहेको थियो ।

स्वास्थ्य शिविरमा आएका विरामी र स्थानीयहरुलाई परामर्श ,जांच र औसधी प्रदान गरिएको आयोजक संस्थाकी  अध्यक्ष यशु लामाले कपन अनलाइनलाई बताइन ।

तपाइँको प्रतिक्रिया ।