बुढानिलकण्ठ नगरपालिका वडा नं २ र १३ जोडने नौलिनथान गाम्चाको पुल भासियो
कपन अनलाइन
काठमाडौँ, असार २४ ।
बुढानिलकण्ठ नगरपालिका वडा नं २ र १३ जोड्ने नौलिनथान गम्चाको पुल भासिएको छ । पुलको मुनि पट्टि खोला रहेको स्थानमा निकै जोखिमपूर्ण अवस्थामा रहेको छ भने पुल भासिदै गएको छ । वडा नं १३ साविक चुनिखेललाई अन्य स्थान जोडने मुख्य नाकाको रुपमा रहेको यो पुलमा यात्रा गर्न जोखिम भए पछी स्थानीयवासीहरु समस्यामा परेका छन ।
सो पुल नजिकै रहेको बाटो र पिच कम्जोर भएर भासिदा दुर्घटना पनी बढ्दै गएका छन । असार २३ गते त्यस स्थानमा सामान बोकेर गएको ट्रीपर दुर्घटना मा परेको थियो
स्थानीय वासीहरुले नगरपालिका र अन्य सरोकारवाला पक्ष संग यस पुलको निर्माण र मर्मत गर्न अनुरोध गरिएको एक स्थानीय वासीले कपन अनलाइन लाई बताए । यो पुल बन्द भए वडा नं १३ निकास बिहिन अवस्थामा पुग्ने देखिन्छ । अर्को निकास रहेको वडा नं ८ जोड्ने बाटो पनी हिड्न योग्य छैन । निर्माण कार्यमा भएको ढिलासुस्ती ले वडा नं १३ का वासिन्दा निकै समस्या झेल्दै आएका छन ।