५ दिने प्रस्तावना लेखन तालिम सम्पन्न

५ दिने प्रस्तावना लेखन तालिम सम्पन्न

कपन अनलाइन

काठमाडौँ असार २४ ।

विधार्थी सरोकार नेपाल र सुर्योदय खेलकुद सोसाइटीको संयुक्त आयोजनामा भएको प्रस्तावना लेखन तालिम सम्पन्न भएको छ । बुढानिलकण्ठ नगरपालिकाको   सहयोगमा भएको सो कार्यक्रममा ३० जना सहभागी रहेका थिए ।

कपन भिलेज रिसोर्ट जगडोलमा  एक कार्यक्रम विच तालिमको समापन गरिएको थियो । क्षेत्र नं ४ का  सांसद डा . राजन भट्टराई प्रमुख अतिथि रहेको  समापन कार्यक्रममा काठमाडौँ जिल्ला खेलकुद विकास समितिका अध्यक्ष धुर्व राज न्यौपाने ,वडा  नं ११ का अध्यक्ष राजु अधिकारी लगायतको उपस्थिति रहेको थियो ।

प्रमुख अतिथि भट्टराईले प्रस्तावना लेखन जस्ता तालिमले धेरै आयाममा सहयोग पुग्ने र सांसद विकास कोषबाट यस्ता कार्यक्रमलाई विशेष प्राथमिकता दिने बताएका थिए ।

समापन कार्यक्रममा सहभागीलाई प्रमाण पत्र वितरण गर्नुका साथै सहभागीका तर्फबाट मिनु पोख्रेलले आफ्नो अनुभव सुनाएकी थिइन् ।कार्यक्रमको अध्यक्षता विद्यार्थी सरोकार समाजकी अध्यक्ष यशु कुमारी लामाले गरेकी थिइन् ।

तपाइँको प्रतिक्रिया ।