राम्रो बनिरहेको छ कपनको शान्तिसुरक्षा

_MG_1160पन अनलाइनकुनै समय अपराधीहरुको सेफ साईड एरियाको रुपमा परिचित रहने कपन गा.वि.स आज सुरक्षाको दृष्टिकोणमा अन्य क्षेत्र भन्दा मजबुत र सुरक्षित बन्दै गएको कपनका स्थानीय युवा समाजसेवी एवं कृषि व्यवसायी राजु विक्रम थापा  बताउछन् । विगतको भन्दा कपनमा अहिले अत्यन्त कम मात्रमा आपराधिक कृयाकलाप भएको पाईन्छ । त्यसमा पनि घरयाशी र ज्यालदारी तथा अव्यवस्थित रुपमा खोलिएका भट्टि पसलमा हुने सामान्य झै झगडाका घटना मात्र संक्रमणकालका फाईदा उठाउदै वेला बखत व्यक्तिगत घटना बाहेकको कपनको शान्ति सुरक्षा मजबुत भएको पाउन सकिन्छ साथै भएका घटनाहरुका अपराधिहरु पक्राउ पर्नुले पनि सुरक्षा स्थिती मजबुत भएको पाउन सकिन्छ ।
अत्यन्त न्युन जनशक्ति, भौतिक पुर्वाधारको अभाव लगायत विविध समस्याका बाबजुत पनि हाल महानगरीय प्रहरी प्रभाग कपनमा कार्यरत प्र.नि.नवराज ढुङ्गनाको कमाण्डमा रहेका प्रहरीहरुले कपनको सुरक्षा अवस्थालाई बलियो बनाउनका लागि निकै राम्रो मेहनत गरिरहेको पाईन्छ ।
कपन चुनिखेल देखी पैयाटार सम्म र माहाङ्गकाल ओरालो देखी साततले सम्मको अत्यन्त ठुलो क्षेत्रमा सदैव सुरक्षा प्रदान गराउने जोखिम लिइरहेका छन् ।  प्र.नि.ढुङ्गना आफ्नो कार्यप्रति कर्तव्यनिष्ठ भएर कपन प्रभागलाई स्थानिय दल तथा समाजसेवी र साधारण जनताकोसमेत राम्रै नैतिक समर्थन रहेका समेत देख्न पाइन्छ । रातको १२–१ बजे सम्म पनि निरिक्षक आफै डुयुटि गर्ने गर्दछन् ।  साथै स्थानिय समुदायको कुरा सुन्ने र निदोर्षमा कसैलाई दुःख दिएको पनि थाहा छैन बताउछन्- माहाङ्काल ढुङ्गेन चोकका स्थानिय युवा अमृत तिमल्सिना र  सरस्वतीनगरका माधव दाहाल ।  राम्रो गरे सबैलाई राम्रो हुने र त्यसबाट आफ्नो समाजको समेत उदाहरण अन्यत्र राख्ने पाईने भएकाले सामजिक सुरक्षाको क्षेत्रमा सजगता , सहयोगी भावना, आपसी विश्वास साथै नागरीक र प्रहरी विचको एकता कायम हुन गर्छ । शान्तिसुरक्षाका सवालमा  समाजका हरेक सदस्यहरु एकमत रहनु पर्दछ भन्दै कपन प्रहरी प्रभागको सम्पुर्ण टिम र त्यसका कमाण्डर  ढुङ्गाना अझ सफल बन्न सकुन् कपन अनलाइनको शुभकामना !!

-बद्रि भट्टराई

तपाइँको प्रतिक्रिया ।