निर्दलीय सरकार र जेठ १५ मा निर्वाचन गर्ने मा सहमति

काठमाडौ, २९ माघ । प्रमुख राजनीतिक दलले जेठ १५ गते सम्म संविधानसभाको निर्वाचन गर्ने गरि स्वतन्त्र ब्यक्तिको नेतृत्वमा चुनावी सरकार गठन गर्ने सहमति गरेका छन् । प्रमुख दलको आज बसेको शिर्ष बैठकमा दलहरुले स्वतन्त्र व्याक्तिको नेतृत्वमा चुनावी सरकार गठन गर्ने पनि सहमति गरेका हुन  ।leaders
बैठकपछि एकीकृत नेकपा माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले जेठ १५ गते चुनाव हुने गरि सहमति जुटेको जानकारी दिए । उनले आजै साँझ राष्ट्रपतिसँग हुने छलफमाल ठोस निस्कर्ष आउन सक्ने बताए ।  दलहरुले साँझ ५ गते राष्ट्रपति डा रामबरण यादवसँग छलफलको समय तय गरेका छन् ।
प्रधानमन्त्री डा बाबुराम भट्टराईले जेठ १५मा संविधानसभाको चुनाव गर्ने गरि आज बेलुका सम्म सहमति जुट्ने विश्वास ब्यक्त गरे । बैठकपछि पत्रकारहरुसँग कुराकानी गर्दै प्रधानमन्त्री भट्टराईले आजको छलफललले सहमतिको धेरै आधार तय गरेको दावी गरे ।  चुनावमा दलहरु सहमत भएकाले सरकारको विषयमा पनि सहमति हुन्छ प्रधानमन्त्रीले भने । उनले पनि  नेतृत्व कसले गर्ने भन्ने विषयमा भने ठोस सहमति बन्न नसकेको संकेत गरे ।
एकीकृत नेकपा माओवादीले अघि सारेको वाहालवाला प्रधानन्यायाधीस, स्वतन्त्र व्याक्ति वा पूर्व प्रधानन्यायाधीस भन्नेमा सहमति भइसकेको छैन । आज दिनभर दलहरुले त्यसमा आन्तरिक छलफल गरेपछि बेलुका थप छलफल गरेर निस्कर्षमा पुग्ने बताईएप्को छ । यसको लागि आजै काग्रेस र एमालेले आन्तरिक छलफलको लागि नेताहरुलाई बोलाएका छन ।
स्रोतका अनुसार बैठकमा प्रधानन्यायाधिसको नेतृत्वमा चुनावी सरकार गठन गर्ने विषयमा काग्रेसले एमालेले औपचारिक रुपमा असहमति राख्न सकेनन । उनीहरुले प्रधानन्यायाधिसलाई नेतृत्व दिए आउने कानूनी जटिलता र गर्नु पर्ने संबैधानिक ब्यवस्था लगायतका विषयमा बढी चासो राखेका थिए । सरकारको नेतृत्व गरेपछि प्रधानन्यायधिसले राजिनामा दिने कि नदिने दिदा आउने अवस्था र नदिदा आउने अवस्थाको विषयमा विपक्षीको चिन्ता थियो ।
स्रोतले भन्यो– विपक्षी नेताहरुले प्रधानन्याधिसको प्रस्तावमा असहमति जनाउनु भएको छैन । त्यसैले आज साँझ सम्ममा सोही विषयमा सहमति हुन्छ । तर पूर्व प्रधानन्यायधिसको प्रस्ताव भने बैठकमा आएको थियो ।
अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा रहेको सेना समायोजन विशेष समितिको सचिवालयमा बसेको बैठकमा एकीकृत नेकपा माओवादी, नेपाली काङ्ग्रेस, नेकपा एमाले र मधेसी मोर्चाका नेताहरु वार्तामा सहभागि थिए ।

तपाइँको प्रतिक्रिया ।