बेलायत मा भ्यालेन्टाइन डे कादिन माहात्मा गान्धिको पत्र लिलाम हुने

नयाँदिल्ली, माघ २८ (एजेन्सी)–बेलायतमा भारतिय नेता माहात्मा गान्धिको पत्र लिलाम हुदै छ । बेलायतको श्रोेपशायरमा १४ फेब्रवरीमा लिलम हुने पत्रमा गान्धीले बेलायती अधिकारीहरुलाई c83571d92ba0e2d954b9ba72ebb12f37कारणसहित आफू र आफ्ना कार्यकर्ताहरुलाई मुक्त गर्न माग गरेका छन् ।
सो पत्रमा गान्धीले आफ्नो नजरबन्दीमा सरकारले गरेको अनावश्यक खर्चका बारेमा पनि लेखेका छन् । नजरबन्दका बेला भारत पुणेको आगा खाप्यालेसबाट टाइप गरिएको यो पत्रमा महात्मा गान्धीको हस्ताक्षर छ । १० हजारदेखि १५ हजार पाउण्डमा यो पत्रको लिलामी हुने सम्भावना रहेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जानाएका छन् ।
विशेषज्ञहरुले यो पत्रलाई विश्व इतिहासकै महत्वपूर्ण दस्तावेज मानेका छन् । यसले भारतको स्वतन्त्रताका लागि गान्धीले गरेको योगदानलाई थप पुष्टि गर्ने भएकाले पनि यो पत्रलाई महत्वका साथ हर्ने गरिएको छ ।

तपाइँको प्रतिक्रिया ।