तुलादानको रकम विद्यालय र मन्दिरलाई

तुलादानको रकम विद्यालय र मन्दिरलाई

कपन अनलाइन 

वालिङ, ७ असार । स्याङ्जाको पिडीखोलामा एक महिलाले आफ्नो ८४ पूजामा गरिएको तुलादानको रकम विभिन्न सङ्घसंस्थालाई प्रदान गर्नुभएको छ । गल्याङ नगरपालिका–६ पिडीखोला भोर्लेकी दिनकुमारी चापागार्इंले आफ्नो ८४ पूजामा गरिएको तुलादानको रकम रु २३ हजार विद्यालय तथा मन्दिरलाई प्रदान गर्नुभएको हो ।

चापागार्इंले सरस्वती प्राविलाई रु सात हजार, देवीस्थान मन्दिरलाई पाँच हजार, ठूलापँधेरा सेती नाग मन्दिरलाई पाँच हजार, नरोदय माविलाई तीन हजार र चिउरीखर्क आधारभूत विद्यालयलाई तीन हजार रकम सहयोग गर्नुभएको हो ।

“तुलादानको रकम आफ्ना आफन्तलाई दक्षिणास्वरुप दिने चलन थियो”, दिनकुमारीका श्रीमान् पेउनारायण चापागाईंले भन्नुभयो, “उक्त रकमलाई थोरै भए पनि सामाजिक कार्यमा लगाउने कार्यको सुरुवात गर्नका लागि यो अभियान सञ्चालन गरिएको हो ।” आगामी दिनमा विद्यालय तथा मन्दिरको स्तरोन्नतिमा थप रकम लगानी गर्ने पनि उहाँले बताउनुभयो । रासस

तपाइँको प्रतिक्रिया ।