धेरै पानी पिउनाले शरीरलाइ हानी पुर्याउने

शरीरका लागि पानी अत्यावश्यक तत्व मानिन्छ । शरीरमा पर्याप्त मात्रामा भएको पानीले छालामा चमक आउनुका साथै तौलमा पनि सन्तुलन राख्छ । तर, चाहिने भन्दा बढी मात्रामा पानी पिउनु भने हानीकारक हुने तथ्य फेला परेको छ । धेरै पानी पिउनाले शरीरका अंगलाई कष्ट पुर्याई हानी पुर्याउने गर्दछ ।

drinkwater-743031. चाहिनेभन्दा धेरै पानी पिउनाले मिर्गौलामा दबाब पर्न जान्छ जसले मिर्गौलाको रोग निम्त्याउन सक्छ ।

२. पानीको ओभरडोजका कारण मुटुमा पनि असर गर्ने तथ्य प्रस्तुत गरिएको छ । धेरै पानी पिउनु हृदयघातको कारक बन्ने सम्भावना हुन्छ ।

३. धेरै जनाको सुतेर उठेपछि खाली पेटमा पानी पिउने बानी हुन्छ । खाली पेटमा पानी पिउनाले कतिपय अवस्थामा रुघा खोकी लाग्ने संभावना हुन्छ ।

४. चाहिनेभन्दा बढी मात्रामा पानी पिउनाले हाम्रो शरीरको पाचन रसले काम गर्न छाड्छ । त्यसले गर्दा खाना पच्न निकै गाह्रो हुन्छ । कतिपय अवस्थामा खाना पच्न नसकेर पखाला लाग्ने पनि हुन सक्छ ।

तपाइँको प्रतिक्रिया ।