मेक्सिको मा नौ वर्षीया बालिका आमा बनिन्न

मेक्सिको, माघ २५ (एजेन्सी)– मेक्सिकोमा एक नौ वर्षीया बालिका आमा बनेकी छन् ।
चिल्ड्रेनpregnant-pardaphashजालिस्को राज्यकी बालिका डाफ्नीले छोरी जन्माएकी हुन् । गत जनवरी २७ मा उनले स्थानीय जोकीपान नामको अस्पतालमा छोरीको जन्म दिएकी हुन् । नवजात शिशुको तौल २ दशमलब ७ किलोग्राम रहेको पनि अस्पताल स्रोतले जनाएको छ ।
बालिका गर्भवती हुँदा जम्मा आठ वर्षकी थिइन् । तर उनले आफू नौ वर्षको पुग्नासाथै छोरी जन्माएको स्थानीय अधिकारीहरुले जनाएका छन् ।
बालिकाको श्रीमान् (शिशुको बाबु) भने १७ वर्षको रहेको बताइएको छ । बालिकाका श्रीमान फरार छन् । उनको खोजीकार्य भैरहेको प्रहरीले जनाएको छ । उनले बालिकालाई ललाईफकाई यौन सम्पर्क गरेर गर्भवती बनाएको बताइएको छ ।

तपाइँको प्रतिक्रिया ।