केपी ओलीले गरे माओवादीको न्वारन नयाँ नाम "नावाकाद"
काठमाडौं, २५ माघ । एमाले नेता केपी ओलीले एकीकृत नेकपा माओवादीको नयाँ नाम राखेर न्वारन गरेका छन् । प्रेस चौतारी, नेपालले आज काठमाडौंमा आयोजना गरेको अन्र्तक्रिया कार्यक्रममा पण्डितको रूपमा प्रस्तुत हुँदै एमाओवादीको नाम ”नावाकाद” भनि न्वारन गरे ।
नावाकादको नाम प्रस्ट्याउँदै उनले नामको वामपन्थी तर कामको दक्षिणपन्थी भनि स्पष्ट पारे ।
एमाओवादीको हेटौडामा जारी महाधिवेशनबाट नयाँ केही नआउने दावी गर्दै उनले भने–सबै कुरा पहिला नै तय भइसकेको थियो खाली यो महाधिवेशन ताली बजाउने र भाषण गराउने काम मात्र हो ।
ओलीले जाहानीय राणा शासन र माओबादी नेतृत्वको सरकारमा कुनै फरक नभएको टिप्पणी गर्दै राणाहरूले अपराधीहरूलाई काखी च्यापेर सत्ता चलाएको र अहिले माओबादीले पनि त्यसैको सिको गर्दै अपराधीहरूलाई साथमा लिएर सासन चलाएको दाबी गरे ।
उनले कांग्रेस एमाले अझै देश चलाउन सक्षम रहेको दावीगर्दै माओबादीले भने जस्तो राष्ट्रिय सहमतीको सरकारको नेतृत्व स्वतन्त्र व्यक्तिबाट हुनै नसक्ने जिकिर गरे ।
ओलीले माओबादीले आफ्नो स्वेच्छाचारी प्रभृतिलाई निरन्तरता दिन र देशमा राजनीतिक मुठभेड ल्याउन मात्र स्वतन्त्र ब्यात्तिको नाम ल्याएकाले त्यसलाई कांग्रेस एमालेले कुनैपनि हालतमा नमान्ने स्पष्ट पारे ।
बिपक्षी दलहरुले सुरु गरेको आन्दोलन माओबादी नेतृत्वको सरकारलाई विस्थापित गर्न र देशलाई लाई लोकतान्त्रीक बाटोमा लानमात्र भएको भन्दै माओबादीले भने जस्तो बिपक्षीदलहरुले शक्ति प्रर्दसन नगरेको तर, शक्ति नै देखाउन परे देशका सबै जनता घरमा नभई सडकमा हुने चेतावनी दिए ।