महिला हिंसाविरुद्ध विरोध ¥याली
कपन अनलाइन
इटहरी, ३ असार । महोत्तरीमा केही दिनअघि महिलामाथि सामूहिक बलात्कारपछि हत्या भएको विरोधमा आज इटहरीमा ती अभियुक्तमाथि कडा कानुनी कारबाहीको माग गर्दै विरोध ¥याली प्रदर्शन गरिएको छ ।
सौन्दर्य कला सङ्घ सुनसरी र उद्योग वाणिज्य सङ्घ इटहरीको संयुक्तआयोजनामा गरिएको विरोध ¥यालीमा सहभागी मानवअधिकारकर्मी महिला, उद्यमी एवम् उद्योग वाणिज्य सङ्घ र राजनीतिक दलमा आवद्ध महिला नेतृ एवम् नेताले महिला हिंसा एवम् हत्यामा संलग्न जो कोही भए पनि त्यस्तालाई फाँसीको व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो ।
विरोध ¥यालीपछि इटहरीको मुख्य चोक क्षेत्रमा भएको कोणसभामा नेपाली काँग्रेसका नेता हेमकर्ण पौडेल, उद्योग वाणिज्य सङ्घ इटहरीका वरिष्ठ उपाध्यक्ष शैलेश विष्टलगायतले मुलुकी ऐनमा नै सुधार गरी महिला हिँसा र बलात्कार जस्ता जघन्य अपराध गरी हत्या गर्नेलाई तत्काल फाँसी हुने व्यवस्था गर्न माग गर्नुभयो ।
महिला सञ्जालकी अध्यक्ष लक्ष्मी गौतम , माया रायमाझी, लीला राईले महिला हिंसा र बलात्कारका दोषी माथि कडा कारवाहीको माग गर्नुभयो । रासस