उद्योग दर्ता गर्ने क्रम बढ्यो

कपन अनलाइन 

फलेवास (पर्वत), ३० जेठ । विद्युत्भार कटौती भएसँगै जिल्लामा पछिल्लो समय उद्योग तथा व्यवसाय दर्ता गराउनेको सङ्ख्या बढ्दै गएको छ । घरेलु तथा साना उद्योग विकास समितिमा अघिल्लो आर्थिक वर्षमा साना तथा घरेलु उद्योग तथा वाणिज्यतर्फ गरी कुल ३०० उद्योग दर्ता भएकामा चालु आवको साउनदेखि जेठसम्म ३०९ वटा उद्योग दर्ता भएको छ ।

विद्युत्भार कटौतीपछि साना तथा घरेलु उद्योग, मझौला उद्योग खुल्ने क्रम बढेको कार्यालय प्रमुख टेकनाथ पराजुलीले बताउनुभयो । उद्योग, व्यवसाय दर्ता गने क्रम बढेसँगै राजस्व सङ्कलनमा समेत वृद्धि भएको छ । कार्यालयले उद्योग दर्ता, व्यापार–व्यवसाय दर्ता, नवीकरण, नामसारी, ठाउँसारीलगायत प्रशासनिक सेवाबाट राजस्व सङ्कलन गर्दै आएको छ ।

चालु आवको जेठसम्म कार्यालयबाट वाणिज्यतर्फ नवीकरण गर्ने १६९, नामसारी तीन, ठाउँसारी दुई, पूँजी वृद्धि ३६ वटा भएका छन् । जिल्लाका दुई नगरपालिका तथा पाँच गाउँपालिकाका उद्यमी लाभान्वित भएका छन् । रासस

तपाइँको प्रतिक्रिया ।