चाणक्य को विवाह नीति आजपनि उतिकै सान्दरभिक्

विबाह सामाजिक जीवनका लागी आवश्यक चिज हो । विश्वका हरेक मानिस आफ्नो जीवनमा सुखी वैवाहिक जीवन होस् भन्ने चाहन्छन् । वैबाहिक जीवन खुसी रहोस् र जीवन सँधै खुसियालीमा बितोस् भन्ने चाहना सबैको हुन्छ । वैबाहिक जीवनलाई सफल र सुखमय बनाउनका लागी चाणक्यले आफ्नो चाणक्य नीतिमा विबाहका लागी केही शुत्रहरू बताएका छन् जसले वैबाहिक जीवनलाई सुखमय बनाउन मद्धत गर्छ ।Chanakya

हरेक मानिसले आफ्नी जीवनसंगिनी राम्री होस् भन्ने चाहन्छ तर यसमा चाणक्य भन्छन्, युवती अर्थात् आफ्नो जीवन संगिनी राम्रो भन्दा पनि राम्रो परिवारकी हुनुपर्दछ । यदी युवती राम्री छैनन् तर राम्रो परिवारबाट छिन् भने उनलाई विबाह गर्नु राम्रो हुन्छ । उनका अनुसार विबाह आफ्नो परिवारको हैसियतसँग मिल्दो परिवारसँग मात्र गर्नुपर्दछ ।
चाणक्यका अनुसार पति र पत्नीबीचको प्रेमले नै वैबाहिक जीवनलाई खुसी बनाउँछ । त्यो नारी एक राम्री पत्नी हुन सक्छिन् जसले आफ्नो पतिलाई खुसी राख्न सक्छिन् । पत्नी इमान्दार र चलाख पनि हुन आवश्यक हुन्छ । पत्नीले आफ्नो पतिलाई खुसी राख्न सके वैबाहिक जीवनमा खुसी आउँछ । यसले परिवारलाई समेत खुसी राख्छ ।
यदी कुनै व्यक्ति समझदार छ भने उसले आफ्नी पत्नीको कुरा सुनेर अरूसँग झगडा गर्दैन जसले परिवारमा अशान्ति ल्याउँछ । पत्नीले गर्ने हरेक कामले आफ्नो पति तथा परिवारलाई फाइदा गर्न सक्नु पर्छ । एक पतिले आफ्नी पत्नीका साथसाथै आफ्नो सम्पति पनि जोगाउन सक्नुपर्छ ।
पत्नीले आफ्नो पतिसँग बिना कारण झगडा गर्न राम्रो हुँदैन ।

तपाइँको प्रतिक्रिया ।