ब्लाकबेरीको नयाँ- फोन ब्लाकबेरी-१०

ब्लाकबेरीले नयाँ जेनेरेसनको फोन ब्लाकबेरी-१० बुधवार सार्वजनिक गरेको छ । सन १९९६ यताको सबैभन्दा ठुलो कार्यक्रम गरी ब्लाकबेरीले उक्त नयाँ उत्पादन सार्वजनिक गरेको हो ।

blackberry 10फोनका साथै त्यसमा चल्ने नयाँ ब्लाकबेरी-१0 नामकै अपरेटिङ सिस्टम पनि सगै सार्वजनिक भएको छ । फेब्रुअरीको मध्ये देखि उक्त फोन सर्वसाधारणका लागि उपलव्ध हुने कम्पनिको जानकारी छ । पछिल्लो समय बिश्वको स्मार्टफोनको बजारमा केवल ४.६ प्रतिशत ठाउँ ओगटेको ब्लाकबेरीको यो उत्पादनले कस्तो रङ ल्याउने हो त्यो भने थाहा हुनेछ । तर सामसुङ र एप्पलका साथै पछिल्लो समय स्मार्टफोनमा झुझारु भएर आएको नोकियासँगको प्रतिस्पर्धा भने उसका लागि सजिलो भने छैन ।

आकर्षक स्क्रीन र यसको रिजोलुसन, मेमोरी, नयाँ भर्सनको कोबोर्डका साथै हुने गरेका अन्य सुबिधा र यसले अङाल्दै आएको रिम (RIM) प्रबिधिले अन्तराष्ट्रिय बजारमा ठुलो ठाउँ ओगट्न सक्ने अनुमान गरिएको छ । सँगसंगै सार्वजनिक भएका ७०,००० को हाराहारीमा रहेका बिभिन्न एप्स (एप्लिकेशन)हरुले पनि यसको बजारमा थप टेवा पुग्ने देखिन्छ । एन्ड्रोइड र एप्पलको iOS मा चल्ने एप्स लगायतका एप्स पनि यसले निर्माण गरेको जनाइएको छ।

तपाइँको प्रतिक्रिया ।