‘निर्वाचन सफल भए लोकतन्त्र बलियो’

कपन अनलाइन 

पर्सा, १९ जेठ । युवा सङ्घका केन्द्रीय अध्यक्ष राजिव पहारीले कुनै दलको जितहार भन्दा लोकतन्त्रलाई जिताउन स्थानीय तह दोस्रो चरणको निर्वाचन सफल हुन आवश्यक रहेको बताउनुभयो ।

प्रेस चौतारी नेपाल पर्साले आज वीरगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष पहाडीले निर्वाचन सफल भए लोकतन्त्र बलियो हुनुको साथै विकासको बोटो खुल्ने बताउनुभयो ।

“निर्वाचन सफल भए मुलुक विकासतर्फ उन्मुख हुन्छ, भ्रष्टाचारमा समेत कमी आउँछ,” उहाँले भन्नुभयो । रासस

तपाइँको प्रतिक्रिया ।