प्रलयको हल्ला अनि फेशबुकका त्रिशुल बाबाहरु

प्रलयको हल्ला अनि फेशबुकका त्रिशुल बाबाहरु
-सन्तोष लुईटेल

यो वर्ष २०१२ को अन्त्यतिर मानव समाज एउटा ठूलो त्राशबाट गुज्रियो । पृथ्वी ध्वस्त हुने हल्लाले हरेक मानसपटललाई एकपल्ट सोच्न बाध्य बनायो । सामान्य र थोरै प्रभाव पार्ने क्षेत्र मात्र नभई विश्वभरकै हरेक मानिसलाई भय एवम् आभास गरायो । आजको मानवसमाज जति नै विकसित र आधुनिक भए पनि यो हल्लाले हरेकका मनमा कुनै न कुनै किसिमको भयको सिर्जना गर्यो । अन्ततः डिसेम्बर २१ पनि आयो र मात्र मानिसहरुले यो मात्र हल्ला हो भनेर बुझे ।
यो हल्ला आफूलाई विकसित र सभ्य समाजको उदाहरण ठान्ने पश्चिमा मुलुकबाटै शुरु भएको थियो । हरेक प्रकारका सूचना र प्रविधिको दुरुपयोग गरेर यिनीहरुले विश्वभर अफवाह फैलाए । इन्टरनेट, युट्युव, फेसबुक, ट्युटरलगायतका सामाजिक सञ्जाललाई प्रयोग गरियो र अफवाह फैलाइयो । शक्तिशाली व्यक्तिहरु पनि यो हल्लाबाट प्रभावित भएको उदाहरण अष्ट्रेलियाकी प्रधानमन्त्रिले यो विषयमा जिस्किएको जस्तो गम्भीर अभिव्यक्तिले पनि प्रमाणित गर्यो ।
यो भ्रम फैलाउन विभिन्न महत्वपूर्ण योजना एवम् तरिकहरु अवलम्बन गरिएको थियो । अमेरिकको विशाल वैज्ञानिक संस्था नासाको हवाला दिएर पनि विभिन्न गलत कुरा तथा फोटोहरु प्रचार गरिएको थियो । विभिन्न डरलाग्दा एवम् संवेदना विगार्ने खालका श्रव्यदृश्यबाट भ्रामक सन्देश सम्प्रेषण गर्ने दुष्प्रयास भएको थियो ।
विभिन्न तरिकाले चलाइएका आधारहिन हल्लाहरु यस्ता थिए –

  • सूर्यको वरिपरि परिक्रमा गरिरहेको सबै ग्रह एउटै रेखामा पर्ने र तीन दिनसम्म निरन्तर अंध्यारो हुने साथै पृथ्वीले आफ्नो कक्ष परिवर्तन गर्न सक्ने भएकाले पृथ्वीमा भयंकर प्राकृतिक उत्पाद देखापर्ने छ ।
  • पृथ्वीसँग अर्काे छिमेकी ग्रह आएर ठोकिने छ र पृथ्वी ध्वस्त हुनेछ ।
  • मेक्सिको लगायत केही अमेरिकी देशहरुको प्राचिन क्यालेण्डर मायामा डिसेम्बर २१ पछिको मिति नभएकोले त्यसपछि पृथ्वीमा उत्पात हुने र ध्वस्त हुनेछ ।

तर यी तथा यीजस्ता अरु हल्लाहरुको कुनै अर्थ रहेन । इन्टरनेटमार्फत फेसबुक, ट्युटर आदिमा अनेक अर्थहिन सामग्री राखेर अफवाह फैलाउन खोज्ने भ्रामकहरुको प्रयास अफवाहमै सिमित भयो । पृथ्वीमा कुनै भयंकर अनिष्ट आएन । मानिसहरुलाई यो अफवाहले यस्ता हल्लाप्रति विश्वास हराएर गयो र समाज केही सचेत पनि बन्यो ।
यो पृथ्वी ध्वस्त हुने हल्ला फिँजाउनेहरुमध्ये सबैभन्दा बढि पीडा फेसबुक अनि ट्युटरमा बसेर दुनियाभरका मानिसलाई भ्रम फैलाउँदा हिँड्ने त्रिशुलबाबाहरुलाई भयो । हल्लाहरु फिँजाएर बाँच्ने यी त्रिशुलबाबाको स्वरुपहरुलाई अब उनीहरुका अरु हल्लाहरु फ्लप हुन सक्ने अवस्था विकास भएकोले उनीहरु पीडामय भएका छन् ।
हरेक मानिस जन्मेपछि पृथ्वी ध्वस्त हुन्छ भन्ने हल्ला सुनेर मात्र मर्छ भन्ने हल्लालाई यो प्रसंगले थप प्रष्ट्याएको छ । माया सभ्याताको क्यालेण्डर मान्ने पश्चिमाहरुभित्र रहेको अन्धविश्वास तथा भ्रम र यो भ्रमलाई विश्वभरी फैलाउने फेसबुकका त्रिशुलबाबाहरु दुवै झुटका परिचायक बनेका छन् ।

तपाइँको प्रतिक्रिया ।