वडा नं. १२ मा बलियो होमनाथलाइ प्रतिबद्धतापत्रले झनै बलियो बनायो(फाेटाे फिचरसहित)

कपन अनलाइन्, काठमाडाैँ । बुनपा १२ मा सम्भावित विजेता मानिएका होमनाथ तिमिल्सिना झनै मजबुत बनेको छ । चिनिएका विपक्षी दलका मानिसहरुसमेत खुलेर होमनाथ तिमल्सिनालाई जिताउन लागे पछि उनको पक्षमा वडा नै उर्लेर लागेको देखिन्छ । स्थानीय बासिन्दा ध्रुव बस्नेत भन्छन्, विपक्षले तुलनात्मकरुपमा कमजोर उम्मेदवार उठायो त्यसले पनि होमनाथको विजय सुनिश्चित भएको हो । उनी भन्छन्, स्थानीय निकायमा उम्मेदवार छनौटले धेरै फरक पर्दाेरहेछ । होमनाथप्रति सबै सकारात्मक छन् ।

वुढानिलकण्ठ नगरपालिकामा यतिखेर होमनाथ तिमल्सिनाको प्रतिबद्धतापत्र पनि चर्चामा रहेको छ । उनको प्रतिबद्धतापत्र हेरेर धेरैले कपि पेस्टसम्म गरेका छन् । होमनाथले आफ्नो प्रतिबद्धतापत्रमा जेष्ठ नागरिकहरुलाई सरकारले दिएको सामाजिक सुरक्षा भत्तामा वडाले थप एकहजार दिने उल्लेख गरेका छन् । प्रतिबद्धतापत्रमा वडाभित्रका सबै घरबाट निशुल्क फोहर उठाउने प्रतिबद्धतालाई वडाभित्र मात्र हैन अन्य ठाउँका मानिसले पनि सरहना गरेका छन् । त्यसैगरी उनको प्रतिबद्धतापत्रमा पूर्ण अपांग भएका व्यक्तिलाई मासिक २००० दिने बताएका छन् । वडाभित्र सुरक्षाको कुरादेखि वातावरणअन्तर्गत एकघर दुई रुखका कार्यक्रम पनि उनले ल्याएका छन् । सडकलाई धूलो र हिलोमुक्त वनाउने प्रतिबद्धता जनाएका छन् होमनाथले ।

सरल र सहज चरित्रका होमनाथ तिमल्सिना वडा नं. १० मा वडाध्यक्ष हुने चर्चासँगै बिजय हुने अनुमान सबैले गरे पनि पार्टीगत प्रतिष्पर्धामा सबै दल उत्रिएका छ । यस वडामा एमालेबाट शम्भुप्रसाद भट्टराई र माओवादी केन्द्रबाट माधव भट्टराई चुनावी प्रतिष्पर्धामा छन् ।

तपाइँको प्रतिक्रिया ।