माओवादी नेवा राज्य अधिवेशनमा ३ जना कपन प्रतिनिधि
कपन अनलाइन अशोकराज पाण्डे
यहि मंसिर ३० र पौष १ गते काठमाडौंको नयाँ बजारमा नेकपा- माओवादी काठमाडौं जिल्लाको नवौं अधिवेशन सम्पन्न भएको छ । नयाँबजारको बहुउद्धेश्यीय मार्शल आर्ट हलमा सम्पन्न अबिधेशनले पुष १६ र१७ गते हुने नेवा राज्य अधिवेशनका लागि १२ जना पछि थप गर्ने गरी १३९ जना प्रतिनिधि चयन गरेको छ । यसरी चयन गरिएका प्रतिनिधिहरुमा कपनबाट ३ जना प्रतिनिधि समावेश भएका छन् । कपनबाट प्रतिनिधित्व गर्नेहरुमा ध्रुवकुमार बस्नेत, अशोकराज पाण्डे र टीका नगरकोटी नाम उल्लेख गरिएको छ ।
९०० जना प्रतिनिधि र पर्यवेक्षक सम्मिलित भएको अधिवेशनमा प्रमुख अतिथिको रुपमा पोलिटव्यूरो सदस्य तथा मध्यमाञ्चल ब्यूरो प्रमुख हितमान शाक्य उपस्थित थिए । सामना सांस्कृतिक परिवारको सांस्कृतिक कार्यक्रमका साथ सुरु भएको कार्यक्रममा महाधिवेशनमा प्रस्तुत गरिने दस्ताबेज र बिधानमाथि छलफल भएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि शाक्यले वर्तमान देशको राजनीतिक निर्णयमा नेकपा – माओवादीको सहमति नलिई गरिने कुनै पनि सहमति र निर्णयलाई स्वीकार नगरिने बताउँदै राष्टिय स्वाधिनता, जनतन्त्र र जनजिविकालाई केन्द्रमा राखेर गरिने सर्वपक्षीय सम्मेलनबाट मात्र देशको निकाश निस्कने धारणा व्यक्त गरे ।