घर–घरमा कान्छीसंग घमासान

घर–घरमा कान्छीसंग घमासान

काठमाडौं । पत्नीसँग पतिको मन बसेन । यस्तोमा हुने घटना हो, पतिले अर्कीलाई बाहिर राख्छ, घरमा समय कम दिन्छ । तर, यही समाजमा एउटा पतिले सुत्केरी पत्नी स्याहार्ने नाममा एउटी चनमतीलाई घरमा ल्यायो । र, पत्नी सुत्नासाथ चनमतीतिर फर्कियो ।

नेपाली सेनाबाट अवकासप्राप्त तीन तारे जर्नेल तोरणजंगबहादुर सिंहकी छोरी अमृतसँग पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दका छोरा भुपेन्द्रबहादुर (भुपेन) ले विवाह गरे । अनि, माथि उल्लेखित शैलीको यातना दिए । विभिन्न फिल्ममा हिरोको भूमिका निभाएका भुपेन्द्रले पत्नीलाई दिएको यातना पनि फिल्मीशैलीकै छ । विश्वासमा परेकी पत्नीले पहिला त पतिलाई निक्कै धन्यवाद भनिन्, तर पारिवारिक जीवन बर्बाद पार्न आइलागेकी त्यो युवतीको रुप उदांगो भएपछि अहिले मर्नु न बाँच्नुको स्थितिमा पुगेकी छन् । तिहारको बेला फिल्म निर्माता रोज ‘राणा’ले हिरोइन सौजन्य सुब्बालाई यातना दिएको भनी सञ्चारमाध्यमका पाना रंगिए । तर, कुरा रोज र सौजन्यको हैन रहेछ । आफूभन्दा जम्मा दुई वर्षले जेठी अमृतसँग भुपेनले विवाह गर्दासम्म त सम्बन्ध राम्रै थियो । जब अमृत दुई जिउकी भइन्, भुपेन अन्यत्र पल्किए । हुँदाहुँदा अमृत सुत्केरी भएको बेला उनको स्याहार–सुसारका नाममा भुपेनकी बहिनीजस्ती साथी भनेर सौजन्य अस्पताल पुगिन् । अमृतलाई खुशी नै लाग्यो, पतिले स्याहार पु¥याउन आफू असमर्थ भए पनि बहिनीजस्तीलाई पठाएकोमा । अस्पतालबाट छोरी जन्मिएर डिस्चार्ज भएपछि सौजन्य अमृतको भैंसेपाटीस्थित घरै पुग्थिन्, स्याहार गर्न । तर, सौजन्यले अमृतलाई देखावटी स्याहार मात्र पु¥याउने रहिछन्, वास्तविक ‘स्याहार’ चाहिँ भुपेनलाई गर्ने † सुत्केरी मान्छे, बच्चीको ख्याल गर्दै सुत्नुपर्ने भएपछि उनले भुपेन र सौजन्य के गरेर राति घरमा बस्छन्, उति वास्ता गरिनन् । अमृतले विस्तारै पत्तो पाइन्, अमृत सुतेपछि दुई जनाको चर्तिकला शुरु हुने † एउटी पत्नीले पतिलाई आफ्नै घरभित्र अर्कीसँग आफ्नै आँखाले देख्दा कस्तो होला † यति भएपछि घरमा डढेलो लाग्नु नौलो भएन । तर, भारतमा अध्ययन गरेकी सुशिक्षित, घरानियाँ महिला भएर होला, अमृतले आवेशमा आएर कुनै अनुचित कदम चालिनन् । अस्ति सोमबार साँझ जनआस्थासँग कुरा गर्दा भनिन्, ‘म भुपेनलाई दोष दिन्नँ, त्यही केटी (सौजन्य) त्यस्ती हो । मेरो घर उसैले बिगारेकी हो ।’

अमृते छाउनीस्थित घर (बंगला) विवाहपछि बेचिन्, सात करोडमा । त्यसपछि भुपेनकै सल्लाह मानेर भैंसेपाटीमा अर्को बंगला खरिद गरिन् । हावापानीका दृष्टिले भुपेनले राम्रै ठाउँ रोजेजस्तो मानेकी थिइन् । तर, प्राकृतिक हावापानी भन्दा जावलाखेल, दमकलतिर बस्ने सौजन्यको हावापानी चलेर पो त्यस्तो भएको रहेछ † शंका शुरु भएपछि निवारण गर्ने क्रममा सौजन्य बहिनीजस्ती केटी हो, त्यसलाई रोज ‘राणा’ले दुःख दिएको छ भनेर उनीहरु पुलिसकहाँ पुगेका रहेछन् । यसपछि मात्र अमृतले चाल पाइन् कि दोषचाहिँ पतिमा रहेछ । अहिले अमृतले पतिको प्यार पाएकी छैनन् । तर, उनले जन्माएकी छोरीले भने बाबुको ममता पाएकी छन् । अमृतले नै भनिन्, ‘घरमा भएको बेला ऊ छोरी खेलाएर बस्छ ।’

परिवारभित्र यस्तो समस्या आएकोबारे पूर्वप्रम लोकेन्द्रबहादुर र पूर्वजर्नेल तोरणजंगबहादुर जानकार छन् । आपसी समझदारीमा कुरा मिलोस् भन्ने चाहेका छन् । तर, मिल्ने छाँट छैन । किनभने, सौजन्य भुपेनको घर बिगार्ने र सम्पत्तिमा रजाइँ गर्ने सपना बोकेर हिँडेको आरोप अमृतको छ । अमृतले भनिन्, ‘प्लिज, बुबाहरुको इज्जतका लागि भए पनि नाम नछापिदिनुहोला †’ उनीहरुबीच सात करोड मौज्दात रहेको संयुक्त बैंक खाताको कारोबार सोमबार मिलेको छ । सम्बन्धबिच्छेदको सम्भावना रहेको लोकेन्द्रबहादुर निकटस्थस्रोतले जनायो ।

भुपेनले सौजन्यभन्दा पहिला लमजुङबाट गुरुङ थरमा नागरिकता लिएकी दार्जिलिंगे युवती पूजा प्रधान (पूजना) लाई विवाह गर्ने पक्कापक्की गरेका थिए । यसअनुसार, उनलाई भुपेनका आफन्तले ‘रानीसाहेब’ पनि भन्न थालेका थिए ।

साभार: पुष ५गते  जनआस्था साप्ताहिक

तपाइँको प्रतिक्रिया ।