वुनपा १० मा एमालेबाट नवराज भट्टराई, जीतको आधार तय गर्दै
कपन अनलाइन, काठमाडौँ । वुढानिलकण्ठ नगरपालिकाको सबैभन्दा ठूलो वडा नं. १० नेकपा एमालेले नवराज भट्टराईलाई उठाउने तय गरेको छ । करिव ५ आकांक्षीभित्रबाट भट्टराइलाई सर्वसम्मत बनाउनु पूर्व अरु आकांक्षीहरुले नवराज भट्टराई नै जित्न सक्ने उम्मेदवार हुने निर्णयमा पुगेका थिए । जिल्ला तथा नगर संगठन कमिटिको समन्वयमा भएको भेलाले नवराज भट्टराइलाई वडा नं. १० को उम्मेदवार बनाउने निर्णय गरेको हो ।
वुनपा १० एमाले संगठन कमिटिका अध्यक्षसमेत रहेको युवा नवराज भट्टराई लोकप्रियता, संगठन कौशलता तथा विकास निर्माण ३ वटै क्षेत्रमा अब्बल मानिन्छन् । परिचित युवा हुनुको साथै बौद्धिक, तार्किक तथा सबैका प्रिय बन्ने चरित्रले नवराज भट्टराईलाई यस वडामा जीतका पहिलो हकदार मान्नेहरु धेरै छन् ।
विपक्ष कसलाई टिकट दिने भन्ने आन्तरिक संकटमा फसेको बेला एमालले सर्वसम्मतरुपमा नवराज भट्टराईलाई चयन गर्नुले चुनावी मैदानमा एमालेले एक कदम अघि बढिसकेको छ । नेपाली कांग्रेससँग निकटतम प्रतिष्पर्धा हुने निर्वाचनमा जीतको आधारमा तय गर्न नवराजले उत्कृष्ट प्रचार सामाग्री निर्माण गर्दैछन् । आफै पत्रकारिता, इभेन्ट म्यानेजिङ तथा डिजाइनमा पोख्त रहेका भट्टराईलाई सम्भवत बुनपामा अरु कसैले भेट्न मुस्किल हुने अनुमान गरिएको छ ।
स्थानीय निकाय चुनावमा वडा नंं १० का लागि महत्वपूर्ण विकास निर्माणको योजनासहितको म्याप तयार गर्ने क्रममा रहेका भट्टराई भन्छन्,
“चुनावमा हल्काफुल्का नारामाभन्दा थोरै तर देखिने कामको योजना बुन्दै छु । मेरा योजनाले वडाका सबै तहतप्कालाई छुनेछ ।”