उम्मेदवार छनौट मापदण्ड आएपछि बुनपामा धेरै कुरा फरक हुने संकेत

कपन अनलाइन, काठमाडौँ । नेपाली कांग्रेसर र नेकपा एमालेले उम्मेदवार छनौटको मापदण्ड तयार पारेको छ । यो मापदण्डसँगै चर्चामा रहेका कतिपय पात्रहरु उम्मेदवार बन्ने हल्ला अब हल्लामा सिमित हुने भएको छ भने हुनै नसक्ने भनेर सोचिएको नाम उम्मेदवार बन्ने सूचिमा देखिने सम्भावना भएको छ ।


नेपाली कांग्रेसको केन्दिय कार्यसम्पादन समितिले हिजो दुई वा दुई भन्दा बढी निर्वाचन क्षेत्रमा पर्ने गाउँपालिका र नगरपालिकामा प्रमुखरउपप्रमुख, बडाध्यक्ष र सदस्यको उम्मेदवार छनौट जिल्ला कार्यसमितिले गर्नेछ भन्ने निर्णय गरेको छ । यो निर्णयसँगै बुनपामा अब प्रकाशमान सिंहले चाहेका मानिस उम्मेदवार बन्ने निश्चित प्रायः बनेको छ । यो निर्णयले नेकाको नगर समितिहरु अर्थहिन भएका छन् । जिल्ला सभापति सबुज बानियाँले चाहेको मानिस जसलाई इकाई तथा क्षेत्रले सिफारिस गरेको छ उसले टिकट पाउने भएपछि बुनपा कांग्रेसमा संकट उत्पन्न हुन सक्ने अबस्था देखिन आउँछ ।

 

यो अबस्थामा क्षेत्रीय सभापित रहेका राजु श्रेष्ठले उम्मेदवार हुन नमानेको खण्डमा गोकर्ण केसी पहिलो नम्बरमा मेयर पदका सम्भावित उम्मेदवार बन्न सक्नेछन् । त्यसैगरी नगर सहजीकरण समितिका राजाराम बुढाथोकी अब दोस्रो नम्बरमा सम्भावित उम्मेदवार बन्ने देखिन्छ । त्यसैगरी क्षेत्र नं. ४ मा प्रकाशमानका मानिस भनेर चिनिने भोला लामिछाने पनि अब दृष्यमा सम्भावित व्यक्तिको रुपमा चर्चा हुन सक्नेछ । केन्द्रको मापदण्डसँगै सम्भवतः अब न्हुच्छेनारायण श्रेष्ठ, गणेश कोइराला, विनोद चालिसेलगायत व्यक्तिहरु मेयर टिकटको रेसमा रहने छैनन् ।

 

दुई वर्ष अघि क्षेत्र विशाल मतले जितेको अवस्था पूनर्जिवित बनाउन नेकाले सक्ला कि नसक्ला उम्मेदवार छनौटले देखिनेछ । यस कुरामा नेका क्षेत्र नं ४  सभापति राजु श्रेष्ठको भूमिका सबैभन्दा महत्वपूर्ण रहनेछ ।  मौजुदा अबस्थामा मेयर पदमा  राजु श्रेष्ठबाहेक अरुले जित्न सक्ने आधार निकै कम मानिन्छ । नेपाली कांग्रेसले चुनाव जित्न मन्त्रीसमेत रहेका गगन थापालाई प्रचारकको रुपमा प्रयोग गर्न सक्ला वा नसक्ला भन्ने कोणबाट पनि चर्चा चल्न थालेको छ ।

 


१ हप्ता अघि नेकपा एमालेले पनि आफ्नो उम्मेदवार छनौट मापदण्ड बनाएको छ । यो मापदण्डसँगै एमालेले नगर समितिलाई शक्तिशाली बनाएको छ । नगर कमिटि शक्तिशाली बनेको अवस्थामा क्षेत्रीय समितिहरु अर्थहीन बनेका छन् । बुनपामा एमाले नगर कमिटिलाई शक्तिशाली बनाउने क्रममा दीपक निरौलालाई संयोजक बनाइएको छ । अब दीपक निरौलाको नगर समितिले टिकट निर्धारण गर्ने र प्रदेश कमिटिले सदर गर्ने प्राबधन बनेको छ । यो अबस्थामा मेयर पदका लागि दीपक निरौलाले चाहे भने उनी निश्चित प्रायः बनेको छ । यो निर्णसँगै निरौलासँगै बिदुरविक्रम खड्का र उद्धव खरेल मेयरको रेसमा अगाडि आएका छन् ।

केन्द्रको यस मापदण्डले सम्भवतः एमालेको चुनावी मापदण्डले निर्धारणको यो निर्णयसँगै ४ नं. क्षेत्रीय अध्यक्ष कुसुम कार्की मेयरको रेसमा पछाडि धकेलिएका छन् । अर्का शक्तिशाली प्रत्यासी जयराम थापाको भूमिका र सक्रियताको अबको बेलामा अर्थपूर्ण हुने तर्क पनि उठेको छ । एमालले चुनाव जित्नका लागि निर्वाचन चिन्हमात्रै दाउमा राख्छ वा व्यक्ति र व्यक्तित्वलाई महत्व दिन्छ हेर्न बाँकी छ । २ वटा संबिधानसभा निर्वाचनमा क्षेत्रहरु हारेको अवस्थमा एमालेले गुटभन्दा माथि उठेर निर्णय गर्न सकेन भने सम्भवतः निर्वाचन जित्न गारो पर्छ ।

 

सरकारले मेयर वा उपमेयरमा अनिवार्य महिला राख्नु पर्ने आरक्षण निर्धारणले पार्टीहरूमा महिला कसलाई उपमेयर बनाउने बारेमा चर्को तनाव उत्पन्न भएको छ । आरक्षण बनेर महिला पद आएपछि महिलाहरू भने हर्षित भएका छन् । बुनपामा महिलाले उपमेयर पाउने निश्चित छ । जुन क्षेत्रले मेयर पाउँछ अर्को क्षेत्रले उपमेयर पाउने किसिमले उम्मदवार छनौट गर्ने तयारीमा पार्टीहरू छन् । नेका र एमालेको केन्द्रीय मापदण्डले महिला आरक्षण सिटलाई प्रबाव नपर्ने देखिएको छ ।  पार्टीहरूले जारी गरेको मापदण्डले वडाध्यक्ष पदमा पनि खासै प्रभाव देखिदैन ।

तपाइँको प्रतिक्रिया ।