बुनपा YCL को नगर एकता सम्मेलन सम्पन्न

कपन अनलाइन, काठमाडौँ । माओवादी केन्द्रको युवा भातृ संगठन YCl को बुढानिलकण्ठ नगर एकता सम्मेलन सम्पन्न भएको छ । बुनपा कपनको एक पार्टी प्यालेसमा भएको सम्मेलनले आगामी कार्यकालका लागि राज प्याकुरलको नेतृत्वमा नयाँ कार्य समिति निर्माण गरेको छ ।

 

बुनपामा माओवादी केन्द्रको आधारभूमि मानिने कपनमा भएको सम्मेलनको उद्घाटन पार्टीका वरिष्ठ नेता रामबहादुर थापा बादल गरेका हुन् । माओवादी केन्द्र समर्थित युवाहरूमाझ भएको विशेष कार्यक्रममा प्रमुख अतिथिलगायतका वक्ताहरूले पार्टीलाई आगामी स्थानीय निकायमा कसरी अब्बल बनाउने र सो भूमिकामा YCL महत्वको बारेमा प्रकाश पारेका थिए । कार्यक्रमा विशेष अतिथि योङ YCL का सह-इन्चार्ज आरसी शर्मा,  नेकपा (माओवादी केन्द्र) का सचिवालय सदस्य तथा काठमाडौ जिल्लाका इन्चार्ज लेखनाथ न्यौपाने, माओवादी केन्द्र बुनपा संयोजक रविन अधिकारीलगायतको उपस्थिति रहेको थियो ।

 

बुनपा माओवादी केन्द्रमा रविन अधिकारीले नेतृत्व लिएपछि लगातार दृश्यमा देखिएको पार्टी आगामी निर्वाचनमा कस्तो रणनीतिका साथ जान्छ र कस्तो नतिजा हासिल गर्छ भन्ने बारे विपक्षीलाई पनि चासो हुने गरेको छ । रविन अधिकारीले संगठन र विकास दुवैलाई संतुलित ढंगले संचालन गरेकोले उनको भूमिकालाई विपक्षीहरूले पनि प्रशंसा गर्दै आएका छन् । प्राजातान्त्रिक पृष्ठभूमिबाट कम्युनिस्ट बनेका अधिकारीले माओवादी केन्द्रको डुब्ती नैया पार लगाउन नयाँ बनेको बुनपा YCL को ठूलो भुमिका रहने बताइन्छ ।

फोटो: छिरिङ लामा फेशबुकबाट

तपाइँको प्रतिक्रिया ।