ट्रकको बे्रक फेल हुँदा चार घाइते

कपन अनलाइन 

काठमाडौँ, ४ चैत । ट्रकको ‘बे्रक फेल’ भएर अनियन्त्रित भई अन्य सवारीसाधनलाई ठक्करदिँदा थानकोटमा आज चारजना घाइते भएका छन् ।

थानकोटस्थित दूरसञ्चारचोकमा ट्रकको ‘बे्रक फेल’ भएर अनियन्त्रित भई स्कुटर, मिनीट्रक र ट्याक्सीलाई ठक्कर दिएको महानगरीय प्रहरी वृत्त थानकोटका प्रहरी नायब उपरीक्षक कृष्ण पङ्गेनीले जानकारी दिनुभयो ।

ठक्करबाट घाइते चारमध्ये मिनीट्रकका चालकको अवस्था गम्भीर रहेको छ । घाइतेको उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको उहाँले जानकारी दिनुभयो । रासस

तपाइँको प्रतिक्रिया ।