फ्रान्समा एक विद्यालयमा अज्ञात समूहले गोली चलाउँदा केही घाइते

कपन अनलाइन, पेरिस (फ्रान्स)। फ्रान्सको दक्षिण सहर ग्रेसमा एक माध्यमिक विद्यालयमा बिहीबार अज्ञात समूहले गोली चलाउँदा केही व्यक्ति घाइते भएको प्रहरीले जनाएको छ ।

टक्कीभिल्ले माध्यमिक विद्यालयमा भएको गोली काण्डपछि शङ्कास्पद एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । एक जना घटनास्थलबाट भागेको र उसको खोजी कार्य जारी रहेको एक प्रहरी अधिकारीले आफ्नो नाम उल्लेख नगर्ने सर्तमा एएफपीलाई बताए ।

घटनापछि निसबाट ४० किलोमिटर पश्चिममा अवस्थित ग्रेस र वरपरका विद्यालयहरू बन्द गरिएको फ्रान्सेली शिक्षा अधिकारीले बताए ।

चिठ्ठी बम र विद्यालय आक्रमणपछि फ्रान्सका गृहमन्त्री बर्नार्ड काजेनेउभले यसअघि तय गरेको उत्तरी सोम्मे क्षेत्रको भ्रमणलाई छोट्याएर राजधानी फर्किनु भएको छ ।

बुधबार मात्रै अन्तर्राष्ट्रिय मुद्रा कोषको पेरिसस्थित एक कार्यालयमा भएको चिठ्ठी बम विस्फोट भएको थियो । विस्फोटको ग्रीक गुरिल्ला समूहले जिम्मेवारी लिएको छ । रासस÷एएफपी

तपाइँको प्रतिक्रिया ।