नेकपा–माओवादीको कपन अधिवेशन सम्पन्न

पौष २५ गतेबाट महाधिवेशनको तयारीमा रहेको नेकपा–माओवादीको गाउँ अधिवेशन अन्तर्गत कपनको अधिवेशन सम्पन्न भएको छ । करिब २०० जनाको उपस्थिति रहेको अधिवेशनको प्रमुख अतिथिमा नेकपा–माओवादीका केन्द्रीय सदस्य एंव नेवाःराज्य समितिका सह–ईन्चार्ज पवनमान श्रेष्ठ (प्रभाकिरण) उपस्थित थिए ।
   कात्र्तिक १३ गतेदेखि २० गतेसम्म चलेको केन्द्रीय कमिटिको बैठकले महाधिवेशनमा प्रस्तुत गरिने १०० पृष्ठ लामो दस्तावेज प्रस्तुत गरिएको अधिवेशनले यहि मंसिर ३० र पौष १ गते हुने काठमाडौं जिल्ला अधिवेशनको लागि १५ जना प्रतिनिधि र १ जना पर्यवेक्षक चयन गरेको छ । प्रतिनिधिहरुमा माधव चापागाईं, माधव न्यौपाने, सुवास क्षेत्री, प्रविन खड्का, बीना नेपाली, कृष्णप्रसाद भट्टराई (अनिमेष), खिल बहादुर थापा क्षेत्री, शारदा आचार्य सुवेदी, नेत्र प्रसाद दहाल, इन्द्र बहादुर मल्ल, कृष्णबहादुर राना, सुरेशकुमार कटुवाल, विश्वम्बर खड्का, महेश्वर श्रेष्ठ र पर्यवेक्षकमा कृष्णलाल श्रेष्ठलाई चयन गरेको छ ।
नेकपा–माओवादी कपन गाउँ पार्टी कमिटिलाई पछि पूर्णता दिने गरि सकिएको अधिवेशनमा मन्तव्य राख्नुहुँदै प्रमुख अतिथि श्रेष्ठले नेपाली जनताको भाग्य र भविष्यको छिनोफानो गर्ने दस्तावेजले नेपाली जनवादी क्रान्ति सम्पन्न गर्न टेवा पुग्ने हुँदा संगठित हुँदै संघर्षको मैदानमा उत्रनुको बिकल्प नभएको बताउनुभयो ।
अधिवेशनमा पूर्व सभासद एंव काठमाडौ्र जिल्ला कमिटिका सह–ईन्चार्ज तेजबहादुर मिजार, क्षेत्रीय ईन्चार्ज प्रविन बोगटि, अखिल (क्रान्तिकारी केन्द्रीय सदस्य जी.पी. चौलागाई, नेकपा–माओवादी नेवाःराज्य समितिका सदस्यहरु राजेन्द्र श्रेष्ठ, देव राई लगायतले शुभकामना मन्तव्य राखेका थिए भने औपचारिक कार्यक्रमको सञ्चालन नेकपा–माओवादी कपन ईन्चार्ज धु्रबकुमार बस्नेतले गरेका थिए ।

तपाइँको प्रतिक्रिया ।