उर्लिए प्रतिपक्षीहरु !

– बद्रि भट्टराई़कपन अनलाइन
मंसिर ८ । बाबुराम भट्टराई नेतृत्वको सरकार इतिहासकै असफल र निरकुंश सरकार भएको, यस सरकारले नेपाली जनताहरुको अत्यन्त महत्वपूण विषय शान्ति र संविधान दिन नसक्ने, र अझ उल्टै नेपाल राष्ट्रको राष्ट्रियतालाई नै समाप्त पार्दै आफ्नो पार्टीगत स्वार्थ पूरा गर्न लागेका भन्दै यस सरकार विरुद्ध कडा आन्दोलनको तयारी गर्न प्रतिपक्षी दलका शिर्ष नेताहरुले कार्यक्रताहरुलाई निर्देशन दिएका छन ।
भृकुटी मण्डपमा आज उपत्यकाका अगुवा कार्यक्रताहरुलाई यसरी निर्देशन दिनेहरुमा ने.का का सभापती शुशिल कोइराला ने.क.पा एमालेका अध्यक्ष झलनाथ खनाल रा.प्र.पा का अध्यक्ष पशुपति शम्शेर ज.ब.रा.नेकपा माले.का सि.पी मैनाली लगायतक नेताहरु हुनुहुन्थ्यो ।
मुख्य रुपमा यस सरकारले दलीय सहमती लाई स्विकार नगरी एकलौटी रुपमा अगाडी बढेका कारण आज देशको यो नियती भएको छ भन्दै वक्ताहरुले अब यस सरकार संग कुनै किसिमको वार्ता तथा छलफल नगर्ने र आन्दोलनको बलबाट नै यस सरकारलाई झुक्न बाध्य बनाउने उद्घोष समेत गरेका छन ।
ने.वि.संघको सिट्टि जुलुस
यसैबीच, वर्तमान बाबुराम सरकार राष्ट्रघाती भएको र यस सरकारले नेपालमा एकतन्त्रिय शासन ल्याउन खोजेको र दलीय सहमती विना नै संविधान सभाको निर्वाचनको मिति घोषणा गरेको भन्दै नेपालीहरुको चाहना अहिले दलीय सहमतीका आधारमा राष्ट्रिय सरकारको गठन अनि निर्वाचन भन्ने कुरा सुन्दा सुन्दा पनि नसुने झै गरी बसेको हुनाले सिट्टि जुलुस निकालिएको कपन अन लाईनलाई बताउदै थि ने.वि.संघ का नेता तथा कार्यक्रमका संयोजक सन्तोष कट्टेल ।
शान्तिबाटिका बाट सुरु भएको सिट्टि जुलुस त्रिचन्द« क्याम्पस दरबार मार्ग, प्रज्ञा प्रतिष्ठान हुँदै पुतलीसडकमा गएर कोण सभामा परिणत भएको थियो । सभालाई ने.वि.संघका केन्दि«य सदस्यहरु ले सम्बोधन गरेका थिए ।
तपाइँको प्रतिक्रिया ।