कपनमा ५४ जनामा २७ जनामा पाठेघर खस्ने समस्या देखियो

नेपाली महिलाको जटिल समस्याको रुपमा पाठेघर खस्ने समस्या पनि लिइने गरिन्छ । महिलाका लुकेको व्यथाका रुपमा रहेको पाठेघर खस्ने समस्याबाट ६ लाख नेपाली महिलाहरू पीडित छन् । यो प्रजनन् स्वास्थ्य सम्बन्धि गम्भीर समस्या हो । पाठेघर खस्ने समस्या प्रजनन् उमेरका १० प्रतिशतभन्दा बढी महिलाहरुमा छ भने ४५ देखि ४९ वर्ष उमेर समूहका २४ प्रतिशत महिला यो समस्याबाट ग्रसित छन् । सुत्केरी अवस्थामा गह्रौँ भारी उठाउनु, राम्रो स्याहार नपाउनु, कम उमेरमै बच्चा जन्माउनु, असुरक्षितरुपमा गर्भपतन गराउनु, सुत्केरीपछि छिट्टै यौन सम्पर्क राख्नुजस्ता कारणले पाठेघर खस्ने समस्या हुने बताइन्छ ।

 


कपन गाविसमा पाठेघर खस्ने रोगबाट पिडितहरुको संख्या धेरै रहेको भए पनि यसको आंकडा निकाल्न सकिएको छैन । जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंको आयोजनामा कपन स्वास्थ्य चौकीले यही मंसिर ६ गते नेपाल रेडक्रश सोसाइटीको कपन १ स्थित भवनमा पाठेघर खस्ने समस्या सम्बन्धि निःशुल्क चेकजाँचको शिविर आयोजना गर्यो । पाठेघरमा राखिने औषधि (Ring Pressuriey) समेत निःशुल्क बाँडिएको कार्यक्रममा ५२ जना महिलाले चेकजाँच गराएकामा २७ जनामा पाठेघर खस्ने समस्या देखा पर्यो । ७ जना पुराना पाठेघर खस्ने रोगीहरु पनि उपचारका लागि शिविरमा आएका थिए ।

तपाइँको प्रतिक्रिया ।